माघ २८, २०८२ बुधबार | २२:०३:३७
पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै भारत, अस्ट्रेलिया र इङ्ल्यान्ड कीर्तिपुर आउनेमा रोहित आशावादी प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

उसुलाई नेपाली खेलप्रेमीमाझ लोकप्रिय बनाउने विजयको चाहना

काठमाडौं । बाल्यवस्थादेखि नै उसुमा छाप छोड्दै आएका खेलाडी हुन् विजय सिञ्जाली । उसुको हरेक प्रदर्शनी खेलमा फुच्चे विजयले जहिल्यै पनि सबैको ध्यान तान्थे । लचिलो जिउ र उस्तै खालको ‘डेमो’ दिने भएकाले विजयी विस्तारै सबैको प्यारो बन्यो ।

विजय जुनियरका च्याम्पियन थिए । प्रतिभा थप निखारिँदै गएपछि विजयले लगातार पदकहरु जित्न थाले । अहिले डेढ दशकको अथक मिहिनेतको फलस्वरुप विजय राष्ट्रिय हिरोका रुपमा परिचित भएका छन् ।

सन् २०१६ मा भारतको गुवाहटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)मा विजयले रजत पदक जितेका थिए । तर, देशका लागि स्वर्ण जित्ने हुटहुटीले विजयलाई आराम गर्न दिएन । तीन वर्षको निरन्तर प्रयासपछि २०१९ मा काठमाडौंमा सम्पन्न १३औं सागमा थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अंक हासिल गर्दै स्वर्ण जित्ने सपना पूरा गरिछाडे ।

मातृभूमिमा प्राप्त स्वर्ण पदकले विजयको चर्चा चुलियो । विजय त्यतिमै रोकिने स्वभावका थिएनन् । विजयले गत वर्ष अक्टोबरमा जापानको योकोहमामा सम्पन्न तेस्रो थाउलो विश्वकपमा कांस्य पदक जितेर नयाँ इतिहास रचिदिए । ९ खेलाडीबीचको प्रतिस्पर्धामा विजयले संयुक्त राज्य अमेरिका, मेक्सिको, बेलायतलगायत ६ देशका खेलाडीलाई पछि पार्दै ऐतिहासिक सफलता हासिल गरेका थिए ।

यही पदकका कारण नेपाल सरकारले विजयलाई ६५ लाख रुपैंयाले पुरस्कृत गर्यो । अनि बने नेपाली खेलकुदमा सरकारबाट अहिलेसम्मकै ठूलो रकम पाउने खेलाडीमध्येका एक ।

यही सफलताबीच विजय नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको ‘पिपल्स च्वाइस’ विधामा मनोनयनमा परेका छन् ।

‘मैले यो अवार्डमा ८-१० वर्षसम्म ‘स्टेज शो’ गरेको छु । त्यतिबेला म पनि कुनै दिन मनोनयनमा पर्छु होला भन्ने सपना देख्थेँ । अहिले मनोनित हुन पाउँदा सपना पूरा भएजस्तै भएको छ,’ समर्थक, खेल प्रशिक्षक र खेलकुद पत्रकारहरुको मतका आधारमा विजेता चुनिने यो विधाको मनोनयनमा परेपछि विजयले भनेका थिए ।

उसुबाट देशको नाम उँचो पारिरहेका विजय यो मनोयनले उसुले आम-जनमानसमा पुर्याउने विश्वास व्यक्त गर्छन् । भन्छ्न् ‘हाम्रो देशमा मेरो खेल उसु त्यति चर्चित नहोला, जति फुटबल, क्रिकेट र भलिबल छ । यो नै वास्तविकता हो । तर मेरो मनोनयनले उसुलाई पनि चर्चामा ल्याउने छ भन्ने मलाई विश्वास छ ।’

त्यसो त थाउलो विश्वकपमा जितेको कांस्यले मात्रै विजयको करियरलाई न्याय गर्दैन । अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि विजयले पदक भित्र्याइरहेका छन् ।

साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा पनि कांस्य जितेका थिए । यसबाहेक चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान हासिल गरेका विजय जियान्सु विधामा आठभित्र परेका थिए । त्यसैका आधारमा उनले थाउलु विश्वकपमा स्थान बनाएका थिए ।

उनी एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपका प्रतिस्पर्धी खेलाडीसमेत हुन् । विजयले नेपालभित्रै हुने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिधित्व गरिरहेका छन् । उमेरले २४ वर्षमात्रै पुगेका विजय आफ्नो खेलयात्रामा साथ दिने परिवार, साथी, प्रशिक्षकप्रति कृतज्ञ छन् । यसमा विभागीय टोली आर्मीले उनलाई बलियो साथ दिएको छ विजय नेपाली खेलकुदमा आफ्नो खेलको उपस्थिति अझ बलियो बनाउन प्रयासरत छन् ।

पिपल्स च्वाइस अवार्डको विजेता चयन भोटिङबाट हुने गर्छ । त्यसमध्ये ५० प्रतिशत मतभार ई–सेवाको भोटिङको हुनेछ । सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत छ । बाँकी २५ प्रतिशत भोट पत्रकार र मुख्य प्रशिक्षकको हुनेछ ।

अवार्डको यो चर्चित विधामा यसअघि उसुकी झरना गुरुङले बाजी मारिसकेका छन् । अब पालो हो उसुकै अर्का खेलाडी विजय सिञ्जालीको ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं