फाल्गुन २१, २०८२ बिहीबार | ०७:४५:४७
आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित

सरकारले लगाएको ताल्चा खोल्दै एनओसी प्रवेश गर्यो तदर्थ समिति, प्रवक्ता भन्छन्, ‘हामीले होइन, सरकारले होला’

काठमाडौं । गत साता गठन गरिएको भनिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)को तदर्थ समितिका पदाधिकारीहरु मंगलबार सातदोबाटोस्थित एनओसी मुख्यालयको ताल्चा खोलेर कार्यालय परिसर प्रवेश गरेका छन् ।

एनओसी मुख्यालयको मुलद्धारमा रहेको सानो ढोका खोलेर तदर्थ समिति तथा राष्ट्रिय खेलकुद परिषदका केही पदाधिकारी भित्र छिरेका थिए । खेलाडी संवाददाताका अनुसार एनओसीकै सुरक्षाकर्मीले उक्त सानो ढोका खोलेका थिए भने मुलद्धार तथा कार्यालय भवनका ताल्चा खोल्नका लागि स्थानीय वडा तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा प्रहरीको प्रतिक्षा भइरहेको छ । 

जीवनराम श्रेष्ठ अध्यक्ष तथा राजीव श्रेष्ठ महासचिव रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीलाई अवैधानिक भन्दै पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा गत मंगलबार ९ सदस्यीय तदर्थ समिति गठन गरेको बताइएको थियो ।

तदर्थ समितिको प्रवक्ताको हैसियतमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य एवं नेपाल मुश्लिम आयोगका पूर्व अध्यक्ष समिममिया अन्सारीले विज्ञप्ति जारी गर्दै २३ संघको भेलाले प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति बनाएको जनाएका थिए । तथापि उनले तदर्थ समितिका प्रधान र आफूबाहेकका अन्य पदाधिकारी तथा भेलामा सहभागी भनिएका २३ संघको नाम खुलाएका थिएनन् ।

सरकारको समेत परोक्ष समर्थन रहेको तदर्थ समितिले केही दिनभित्रै राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको सहमतीमा एनओसी कार्यालय प्रवेश गर्ने अन्सारीले खेलाडीलाई बताएका थिए । निर्वाचन तथा त्यसअघिको विधान संशोधन अवैधानिक रहेको भन्दै सरकारले एनओसीको कार्यालयमा लामो समयदेखि कव्जामा लिएर ताल्चा मारेको थियो ।

ताल्चा खोलेर तदर्थ समितिका केही पदाधिकारी कार्यालय छिरे पनि प्रवक्ता अन्सारीले भने आफूहरुले ताल्चा नखोलेको बताए । ‘सरकारले लगाएको ताल्चा हामीले खोल्ने कुनै कुरा हुँदैन । सरकारले नै खोलेको होला । हामी केही दिनमा त्यही कार्यालयबाट पत्रकार सम्मेलन गर्ने तयारीमा छौं । त्यसका लागि सरकारसँग कार्यालय मागिरहेका छौं,’ उनले भने ।

आधिकारिक रुपमा काम गर्ने वातावरणका लागि कार्यालय उपलब्ध गराइपाउँ भन्दै तदर्थ समितिले राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेको र कुराकानी सकारात्मक तवरमा अघि बढिरहेको उनको भनाई थियो ।

आधिकारिक रुपमा काम गर्ने वातावरणका लागि कार्यालय उपलब्ध गराइपाउँ भन्दै तदर्थ समितिले राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेको र कुराकानी सकारात्मक तवरमा अघि बढिरहेको उनको भनाई थियो । ‘हामीले परिषदलाई गरेको त्यही अनुरोधका आधारमा सरकारले खोलेको होला । हामी आधिकारिक रुपमै कार्यालय प्रवेश गरेर पत्रकार सम्मेलन गर्छौ,’ उनले थपे ।

सरकारको असहमतिका बावजुद एनओसीले गएको पुषमा निर्वाचन गरेर अध्यक्षमा जीवनराम श्रेष्ठलाई लगातार तेस्रो कार्यकालका लागि चुनेको थियो । नेपालको खेलकुद ऐनअनुसार कुनै पनि खेल संस्थामा अध्यक्ष वा महासचिव पदमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढि बस्न नपाउने व्यवस्था छ ।

ऐनमा यस्तो व्यवस्था गरिनुभन्दा पहिला नै एनओसीले आफ्नो विधानमा अध्यक्ष र महासचिवका लागि दुई कार्यकालको प्रावधान राखेको थियो । तर चुनावभन्दा केही समयअघि साधारणसभा गरेर एनओसीले विधानबाट दुई कार्यकालको प्रावधान हटाएको थियो । त्यसैको विरोधस्वरुप चुनाव रोकिपाउँ भन्दै अदालतमा परेको मुद्धामा पाटन उच्च अदालतले स्टे अर्डर जारी गर्दै चुनाव रोक्न आदेश दिएको थियो । एनओसीले भने अदालतको आदेश निर्वाचन सकिएपछि मात्र जानकारीमा आएको बताउँदै आएको छ ।

सरकार तथा असन्तुष्ट पक्षले भने अदालतको आदेशविपरित चुनाव गरेको भन्दै एनओसीलाई अवैधानिक भन्दै आएका छन् । एनओसी र सरकारबीचको विवादका कारण एसियाली खेलकुद तथा युथ एसियाली खेलकुदजस्ता ठूला अन्तर्राष्ट्रिय खेल महोत्सवमा नेपालको सहभागिता अन्योलमा रहँदै आएको छ ।

नेपालमा एनओसी नेतृत्वविहिन भएको र ओलम्पिक अभियान संकटमा परेको दावीका साथ अन्सारीले खेलाडीको खेल्न पाउने अधिकारको रक्षाका लागि तदर्थ समिति बनाएको दावी गरेका थिए । उनले ‘श्रेष्ठ नेतृत्वको एनओसी अवैधानिक भएकोले नेपालमा एनओसी नेतृत्वविहिन रहेको’ जिकिर गर्दै देशको ओलम्पिक अभियान सही बाटोमा ल्याउन तदर्थ समिति बनाउनुपरेको बताएका थिए ।

तदर्थ समितिले जारी गरेको विज्ञप्तिमा एनओसीको लेटर प्याड र लोगो तथा ओलम्पिक रिङ प्रयोग गरेकोप्रति अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीले आपत्ति जनाएको थियो ।

उनले केही दिनभित्रै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) तथा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)सँग समन्वय गरेर समस्याको निकास निकाल्ने बताएका थिए । तर उनले जारी गरेको विज्ञप्तिमा एनओसीको लेटर प्याड र लोगो तथा ओलम्पिक रिङ प्रयोग गरेकोप्रति अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीले आपत्ति जनाएको थियो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नयाँ ओलम्पिक कमिटी गठन गर्ने घोषणा गरेको केही दिनपछि बनाइएको तदर्थ समितिलाई सरकारको पूर्ण साथ रहेको बताइन्छ । सरकारले ताल्चा मारेको एनओसी मुख्यालयमा ताल्चा फोडेर तदर्थ समिति प्रवेश गर्नुले त्यसैलाई पुष्टि गरेको राष्ट्रिय खेलकुद परिषदका एक वरिष्ठ पदाधिकारीले खेलाडीलाई बताए ।

‘परिषद वा मन्त्रालय जोडिदा आइओसीले सोझै सरकारी हस्तक्षेपका रुपमा लिन्छ र समस्या अझै बढ्छ । यही कारण सरकारी निकायहरु कतै सोझै देखिन मिलेन । तर एनओसी विवाद समाधान गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको उपस्थिती पक्का गर्नका लागि तदर्थ समिति बनाउने योजना मन्त्रालयकै हो,’ उनले भने । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||