फाल्गुन २५, २०८२ सोमबार | ११:५९:०३
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

उसु महासंघका प्रतिनिधिले गरे राखेप सदस्यसचिवको कार्यकक्षमा तोडफोड

नेपाल उसु महासंघका सचिव निकेश श्रेष्ठ ।

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको नेपाल उसु महासंघका प्रदाधिकारीले  शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका छन् ।

तोडफोड गर्नेमा महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पाछिरिङ लामा छन् ।

यसैगरी शैलेश कर्माचार्य कार्यवाहक अध्यक्ष रहेको नेपाल उसु महासंघको समूहले भने उक्त घटनाप्रति ध्यानाकर्षण रहेको उल्लेख गर्दै निन्दासमेत गरेको छ ।

कर्माचार्यको नेतृत्वमा रहेको महासंघले शुक्रबार विज्ञप्ती जारी गर्दै तोडफोडमा सहभागी समूहलाई २०८० भदौ १३ गते उच्च अदालत पाटनले गैरकानुनी ठहर गरेको जनाएको छ ।

कर्माचार्यको नेतृत्वमा रहेको महासंघले सरकारी सम्पती तोडफोड गर्नेहरुलाई कारबाही गर्न सरकार समक्ष माग गरेको छ । राखेपले उक्त घटनामा संलग्नविरुद्ध कालीमाटी प्रहरी वृत्तमा उजुरी दिइसकेको जनाएको छ ।

बिहीबार मात्र राखेपले गरेको पत्रकार सम्मेलनमा नेपाल उसु महासंघबाट लाक्पाछिरिङ लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको भन्दै उनीसहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरूप कार्बाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरेको थियो ।

ऐनको दफा १५ मा कुनै व्यक्तिले आफूले नपाएको ओहदा, अधिकार, हैसियत वा सुविधा पाए भनी त्यसको प्रयोग गरेमा कसूरको मात्राअनुसार १ देखि २ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यव्स्था ।

यस्तै दफा १६ मा झुट्टा विवरण दिनेलाई कसूरको मात्राअनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उनीहरुलाई तीन दिनभित्र सफाई पेस गर्न राखेपले अवसर दिएको भोलीपल्ट नै लामासहितका टोलीले सदस्यसचिवको कार्यकक्ष तोडफोड गरेको हो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||