मंसिर १७, २०८२ बुधबार | १६:२३:२५
विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक
शनिबारको दिन शनिबारको दिन

भलिबलले पायो १२औं कप्तान हरिहजुर

काठमाडौं । दुई वर्षअघि काभा भलिबल च्याम्पियनसिप खेल्दा कप्तान थिए, ओपन स्पाइकर मानबहादुर श्रेष्ठ । प्रतियोगिताहरू निरन्तर नहुनु र भविष्य अन्योल देखेपछि नेपाली सेनाको जागिर नै छाडेर मानबहादुर अस्ट्रेलिया पलायन भएका थिए । ९ वर्षदेखि लगातार राष्ट्रिय भलिबल टिमबाट खेलेका उनले एक वर्ष कप्तानी जिम्मेवारी सम्हालेका थिए ।

२०८१ साल कात्तिकमा आर्मी र राष्ट्रिय टिमको कप्तान पदबाट राजीनामा दिँदै उनी अस्ट्रेलिया लागेका थिए । त्यसयता नेपाली राष्ट्रिय पुरुष टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेको छैन । दुई वर्षदेखि नेपाली टोली कप्तानविहीन छ ।

झन्डै दुई वर्षको अन्तरमा नेपालले कात्तिक ५ देखि ११ गतेसम्म सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गर्ने काभा कप २०२५ खेल्दै छ । बंगलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालले घरेलु टोलीसँगै तुर्कमेनिस्तान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तान गरी ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यही प्रतियोगिताबाट नेपालले नयाँ कप्तान पाउने छ । नेपाल भलिबल संघ (एनभिए)ले नेपाली भलिबलको नयाँ कप्तानको रुपमा हरिहजुर थापालाई चयन गरेको छ । उनी दोस्रो पटक नेपाली टिमको कप्तान बनेका हुन् ।

अहिले नेपाली टिमको प्रशिक्षणको जिम्मेवारी प्रशिक्षक भरत यादवलाई पाएका छन् । यसअघि राष्ट्रिय टिमको प्रशिक्षकमा जगदीश भट्ट थिए । यसपालि खेलाडी छनोटमा विवाद भएपछि भट्ट टिमबाट अलग भएका छन् । एनभिएले कप्तान नियुक्तिमा पनि विवाद हुने संकेत देखेपछि टिम बंगलादेश जानु दुई दिनअघि मात्रै नाम सार्वजनिक गरेको हो । १४ सदस्यीय टिम भने गतसाता नै घोषणा भएको थियो ।

नेपालको राष्ट्रिय भलिबल टिम । 

काभाका लागि नेपाली टोलीलाई एनभिएले कात्तिक २ मा बिदाइ गर्दै छ । ‘पछिल्लो समय भलिबलमा विवाद निकै भइरहेको छ । तर, यो केही स्वार्थसमूहले गराइएको हामीलाई लागेको थियो । त्यसैले पनि नयाँ कप्तान छान्न ढिला भयो,’ नेपाल भलिबल संघका एक पदाधिकारीले खेलाडी डटकमलाई जानकारी गराए ।

प्रशिक्षक यादवले घोषणा गरेको १४ सदस्यीय टिममा हरिहजुर नै सम्भावित कप्तानको रूपमा देखिएका थिए । उनको अनुभव र लामो समय टिमसँग रहेको कारण पनि प्रशिक्षक यादवले विश्वास गरेका थिए ।

बंगलादेश जाने टोलीमा हरिहजुरसँगै धनबहादुर भट्ट, शरणसामरी क्षेत्री, विनोद चन्द, धीरजकाजी बस्नेत, सफल बिक जस्ता अनुभवी खेलाडी छन् । उनीहरूले पनि नेपाली टोलीको प्रतिनिधित्व गरिसकेका छन् । यसअघि एनभिएले हरिहजुर कप्तान नभएको अवस्थामा अनुभवकै आधारमा धनबहादुरलाई पनि तयार रहन संकेत गरेको थियो ि। त्यसबाहेक सुनील बोहोरा, पहल गहतराज, शैलेन्द्र यादव, अर्जुन नेपाली, रविन नगरकोटी, नृपध्वज बस्नेत, सुजन सुनार, सन्तोष राई पहिलो पटक टोलीमा परेका हुन् । उनीहरू सबैले ढाकामा डेब्यु गर्ने आशा छ ।

को हुन् हरिहजुर ?हरिहजुर थापा सन् २०१५ देखि निरन्तर टोलीको मुख्य खेलाडीका रूपमा रहँदै आएका छन् । थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलका अनुभव बटुलेका ३४ वर्षीय सेटर हरिहजुरले यसअघि पनि कप्तानी गरेका थिए । इम रानामगरले आठ वर्षको भलिबल करियर अन्त्य गरेपछि हरिहजुरले जिम्मेवारी पाएका थिए ।

नेपाली भलिबल टोलीका कप्तान हरिहजुर थापा । 

२०८० असारमा जिम्मेवारी पाएका हरिहजुरलाई भलिबल संघले एक महिनापछि नै अनुशासनहीन काम गरेको भन्दै निलम्बन गरेको थियो । भलिबल लिग खेल्ने क्रममा हरिहजुरसँगै आर्मीका केही खेलाडीले दर्शक पिटेका थिए । यसपछि हरिहजुरको कप्तानी खोसिँदा धनबहादुर भट्ट ६ महिना निलम्बनमा परेका थिए ।

इतिहासका कप्तानहरूनेपाली पुरुष भलिबल टोलीको इतिहास केलाउँदा पहिलो कप्तान ऋषिराज आचार्य हुन् । कैलाशदत्त भट्टले एक वर्षमात्र कप्तानी गर्न पाएका छन् । भलिबलमा नेपालका लागि धेरै समय कप्तानी गर्ने कीर्तिमान भरत शाहको नाममा छ । उनले १६ वर्ष लगातार राष्ट्रिय टोलीको नेतृत्व गरेका छन् । शाहअघि दीपक सापकोटा, महेन्द्रलाल श्रेष्ठ, राजेश मास्के, सुनील चौधरी, विष्णु मास्केले कप्तानी गरेका थिए । इमबहादुरले आठ वर्ष कप्तानी गर्दा हरिहजुरले एक वर्षको मात्र जिम्मेवारी पाएका थिए । हरिहजुर निलम्बनमा परेपछि मानबहादुरले एक वर्ष टिमको कप्तानी निर्वाह गरेका थिए ।

 

नेपालको खेल कहिले ? काभा कपमा नेपालले दोस्रो खेल कात्तिक ६ मा आयोजक बंगलादेशविरुद्ध खेल्नेछ । तेस्रो खेल माल्दिभ्ससँग कात्तिक ७ मा हुने तालिका छ । नेपालले कात्तिक ९ मा अफगानिस्तान र कात्तिक १० मा श्रीलंका खेल्नेछ । फाइनल कात्तिक ११ हुनेछ । लिग चरणका शीर्ष चार टोली फाइनल चरणमा पुग्नेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीबीच कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

खेलाडी पलयानको समस्याफुटलब, कराते, तेक्वान्दोसँगै अहिले भलिबलका खेलाडीको पलायन लहर चलेको छ । पछिल्लो पटक काभा खेलेका मानबहादुरसँगै राजेन्द्र विष्ट, हेमन्त मल्ल, सफल बिक, टेकराज अवस्थी, रविन चन्द, लोकेन्द्र गिरी जस्ता खेलाडी नेपालमा छैनन् । यता, महिलातर्फ पनि प्रतिभा माली, सरस्वती चौधरी र कविता भट्ट जस्ता प्रभावशाली खेलाडी पनि पलायन भइसकेका छन् । अधिकांश खेलाडी अस्ट्रेलियामा छन् ।

१२ औं भलिबल कप्तान को ?१. ऋषिराज आचार्य२. दीपक सापकोटा३. महेन्द्रलाल श्रेष्ठ४. राजेश मास्के५. सुनील चौधरी६. विष्णु मास्के ७. भरत शाह ८. कैलाशदत्त भट्ट९. इमबहादुर राना१०. हरिहजुर थापा११. मानबहादुर श्रेष्ठ१२. हरिहजुर थापा