कार्तिक २४, २०८२ सोमबार | १०:१७:५१
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो
शनिबारको दिन

एसिया कपमा नेपालको फेरि निराशा

काठमाडौं । यतिबेला नेपाली फुटबलमा निराशाजनक स्थिति चलिरहेको छ । यसको ठ्याक्कै असर राष्ट्रिय टिममा पर्ने भयो । नेपालले भर्खर भियतनामको यात्रा टुंग्याएको छ, एसिया कप छनोट तेस्रो चरणको दुई खेलका लागि । त्यसमध्ये एक खेल भियतनामी भूमिमै खेल्नु थियो । अर्को भने नेपालले आफ्नै भूमिमा खेल्नुपर्ने थियो तर पाएन । त्यसैले उदेक मान्दै होचि मिन सहरमै नेपालले उक्त खेल खल्नुपरेको थियो ।  दशरथ रंगशालामा खेल्न नपाएको दुःख छँदै छ । यति बेला राष्ट्रिय टिमको प्रदर्शन पनि लगातार खराब हुन थालेको छ । अस्ट्रेलियाली प्रशिक्षक म्याट रस आएयता नेपालले एसिया कप छनोटको तेस्रो चरणका ४ खेल खेलेको छ । त्यसमध्ये चार खेलमै नेपाल पराजित रहेको छ । नेपाल भियतनामविरुद्ध दुवै खेलमा पराजित त रह्यो नै । यसअघि मलेसिया र लाओससँगको खेलमा पनि पराजित भइसकेको छ ।

प्रशिक्षक रसको अनुहारमै पनि चिन्ता र असन्तोष स्पष्ट देख्न सकिन्छ । सम्भवतः उनी बोलिहाल्ने स्थितिमा छैनन् तर उनको हाउभाउले अहिले नै धेरै कुरा भनिरहेको छ ।

यस्तोमा नेपाल चार टिमसम्मिलित छनोटमा अंक भएर सबैभन्दा पुछारमा छ । अलिकति वास्तविकता बोल्ने हो भने नेपाली फुटबलले छनोट चरण पार गरेर एसिया कपकै लागि छनोट हुने विश्वास त राखेको थिएन । तर, कम्तीमा सुरुआती चार खेलमै हार बेहोर्ने छ, त्यत्तिको पनि चिताएको थिएन । विशेषतः लाओसविरुद्धको खेलमा हार बेहोर्नु त्यो चाहिँ स्वीकार्न सकिने नतिजा रहेको छैन ।

नेपाल र भियतनाम प्रतिस्पर्धा गर्दै । 

प्रशिक्षक रस आएयता नेपालले सुरुमै सिंगापुरलाई हराएर सनसनीपूर्ण सुरुआत गरेको थियो । त्यतिले नपुगेर हङकङसँग पनि बराबरी खेल्यो । त्यसपछिको प्रदर्शन ओरालो लागेको छ । नतिजाले पनि यस्तै भन्छ । अब त प्रशिक्षक रसको अनुहारमै पनि चिन्ता र असन्तोष स्पष्ट देख्न सकिन्छ । सम्भवतः उनी बोलिहाल्ने स्थितिमा छैनन् तर उनको हाउभाउले अहिले नै धेरै कुरा भनिरहेको छ ।

सन् २०२४ र २०२५ मा मात्र नेपाली राष्ट्रिय टिमले खेलेको खेलको आँकडा तयार पार्ने हो भने १३ खेल खेलेको छ ।

उनले हाकाहाकी एउटा कुरा भनेका छन्, नेपाली खेलाडीले लिग खेल्न नपाएको नै साढे दुई वर्षभन्दा बढी भइसकेको छ । यस्तोमा अहिले राष्ट्रिय टिमका खेलाडीले जति खेलिरहेको छ, त्यो पनि धेरै हो । त्यसो त राष्ट्रिय टिमका केही खेलाडी विदेशी लिगमा व्यस्त छन् । विशेषतः बंगलादेशमा । तर उनीहरूजस्तै अरू खेलाडी कहाँ भाग्यमानी छन् र ? खासमा बाँकी सबैले लगभग खेल्दै नखेलेर राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका छन् ।सन् २०२४ र २०२५ मा मात्र नेपाली राष्ट्रिय टिमले खेलेको खेलको आँकडा तयार पार्ने हो भने १३ खेल खेलेको छ । त्यसमध्ये आधा जति खेलमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो थिए अनि दुई खेलमा नवीन न्यौपाने । यी खेलमा नेपाल जितेको भनेको दुई खेलमै मात्र हो । बाँकी तीन खेलमा बराबरी निस्केको छ । अरू ८ खेलमा हारमात्रै छ । यसबीच राष्ट्रिय टिमसँग जोडिएर आएको एउटै गर्विलो उपलब्धि भनेको रोहित चन्दले नेपालका लागि १०० खेल खेल्नु हो ।

नेपालका प्रशिक्षक म्याट रस । 

भियतनामविरुद्धको दोस्रो खेलमा उनले आफ्नो सय ‘क्याप’ जिते । धेरैले उनलाई बधाई दिएका छन् । तर एउटा निराशा पनि व्यक्त गरे, ‘यत्तिको खराब स्थितिमा पनि नेपालका लागि सय खेल खेल्नु पनि रोहितको बरादुरी नै हो । नत्र अरू भए, कहीं अन्यत्र नै पलायन भइसकेका हुन्थे ।’ देशको फुटबलमा निराशा चलिरहेका बेला यो भन्दा फरक कुरा पनि के नै अपेक्षा गर्ने र ?