फाल्गुन २१, २०८२ बिहीबार | २२:१८:२९
इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी

नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा

काठमाडौं । ‘हामीले प्रतियोगितामा सोचे अनुसारको सुरुआत गर्न सकेनौ । विशेषगरी ब्याटिङमा । तर पछिल्ला दुई खेल सहज भयो । समग्रमा भन्नुपर्दा प्रतियोगिता उत्कृष्ट रह्यो । सबैले आ आफ्नो ठाउँमा उत्कृष्ट प्रदर्शन गरेका ले नै हामीले यो सफलता हात पारेका हौ,’ विश्वकप छनोटमा च्याम्पिन बनेपछि नेपालका कप्तान रोहितकुमार पौडेलले भनेका थिए ।

कप्तान रोहितले भने जस्तै एसिया तथा इस्ट एसिया प्यासिफक छनोटका हरेक खेलमा फरक फरक खेलाडीले टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे । प्रतियोगितामा कुशल भुर्तेल दुई तथा गुल्शनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र आसिफ शेख झा समान एक पटक ‘प्लेयर अफ द म्यान’ घोषित भए ।

उत्कृष्ट प्रदर्शन गरेको नेपालका लागि ओमानमा सम्पन्न एसिया तथा इस्ट एसिया प्यासिफक छनोट लागि विशेष रह्यो । विषेश यस कारण नेपालले पहिलो पटक च्याम्पियनका रूपमा विश्वकप यात्रा तय गरेको हो । त्यो पनि अपराजित रहँदै । नेपालले छनोटका ६ वटै खेल आफ्नो पक्षमा पार्यो ।

लगातार तेस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुगेको नेपालले यसअघि छनोटको तेस्रो स्थानामा रहेर सन् २०१४ को विश्वकप खेलेको थियो । यस्तै टोली उपविजेताका रूपमा सन् २०२४ को विश्वकपका लागि छानिएको थियो ।

नेपालको विश्वकप यात्रा

नेपालले सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको आधारमा यस पटक सिधै विश्वकप छनोट खेल्ने अवसर प्राप्त गरेको थियो । छनोट प्रतियोगिताका सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो  ।

नेपाल रहेको समूह ‘बी’ मा कुवेत र जापान थिए । नेपाल सहजै सुपर सिक्समा पुग्ने अनुमान गरिएको थियो । भयो पनि त्यस्तै । कुवेतलाई ५८ रन र जापानलाई ५ विकेट हराउँदै समूह विजेताका रूपमा नेपाली टोली सुपर सिक्समा पुग्यो । २ अंक बोनससहित नेपाल सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सका सुरुआती दुई खेलमा भने नेपालले जितका लागि निकै संघर्ष गर्नुपर्यो । नेपालले युएईसँग एक र कतारसँग पाँच रनको संघर्ष र रोमाञ्च जित दर्ता गरेको थियो ।

अन्तिम दुई खेलमा भने नेपालले खासै संघर्ष गर्नु परेन । टोलीले सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रन तथा अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्यो । a


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||