कार्तिक १, २०८२ शनिबार | १६:४५:४१
एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन

एन्फालाई फेरि एएफसीको जरीवाना

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एक हजार अमेरिकी डलर जरीवना सुनाएको छ ।

गत अक्टोबर ९ मा भियतनामविरुद्धको खेलमा नेपालका लाकेन लिम्बूले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाएका थिए । जसका कारण उनी एक खेलका लागि प्रतिबन्ध भएका थिए ।

एएफसीको अनुशासन तथा नैतिकता समितिको अक्टोबर १३ गते बसेको बैठकबाट लाकेनलाई जरीवाना तोकिएको हो ।

लाकेन एएफसी अनुशासनात्मक र नैतिकता संहिता धारा ४७ अन्तर्गत एक खेलको प्रतिबन्धमा परेका थिए । एक हजार डलरको जरीवना भने धारा ४८.२ अन्तर्गत लगाइएको हो । धारा ११.३ बमोजिम कार्बाहीको निर्णय सूचित भएको मितिबाट ३० दिन भित्र जरीवना तिर्नुपर्ने नियम छ ।

पछिल्लो दुई महिनामा नेपाल दोस्रो पटक एएफसीको कार्बाहीमा परेको हो । यसअघि फुटसल एसियन कप छनोट प्रतियोगितामा सहभागिता नजनाएका कारण गत अगस्ट २१ मा एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरीवना र दुई वर्षपछि हुने अर्को संस्करणमा समेत सहभागिता जनाउन नपाउने गरि कार्बाही गरेको थियो ।

नेपालले एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्धको पहिलो लेगमा ३–१ को हार बेहोरेको थियो । अक्टोबर १३ मा भएको दोस्रो लेगमा भियतनामले नेपाललाई १-० ले हरायो ।

खासमा भियतनामसँगको दोस्रो लेग नियमअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनुपर्थ्यो । यो नेपालको घरेलु खेल थियो । तर, भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा नेतृत्व उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भयो । फलस्वरुप आफ्नो हक लाग्ने खेल विपक्षीको मैदानमा खेल्नुपर्ने दूर्भाग्यपूर्ण नतिजाको श्रृंखलाले निरन्तरता पाइरहँदा नेपालले भियतनामविरुद्धको दोस्रो लेग विपक्षी भूमिमा खेल्न बाध्य हुनुपर्यो ।

 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल