कार्तिक ३, २०८२ सोमबार | ११:५३:३४
रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई

नेपाल अपराजित रहँदै च्याम्पियन

तस्विर, क्यान ।

काठमाडौं  । नेपाल अपराजित रहँदै आइसीसी ट्वान्टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बनेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओविरुद्ध १२४ रनको फराकिलो जित दर्ता गर्यो ।

जितसँगै नेपाल पाँच खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रह्यो । यसअघि  समूह चरणमा कुवेत र जापानलाई हराएको नेपालले सुपर सिक्समा युएई, कतार र ओमानविरुद्ध जित निकालेको थियो ।

नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याएको सामाओले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै  ८७ रन मात्रै बनाउन सक्यो ।

सामाओका लागि सेन सोलियाले ४० र बेन्जामिन माइलाताले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका लागि ललितनाराण राजवंशीले तीन तथा सन्दीप लामिछाने, करण केसी र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि आसिफ शेखले ४१ बलमा सात चौका र चार छक्काको मद्दतले सर्वाधक ६९ रनको योगदान गरे । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३३ बलमा चार छक्का र दुई चौकासहित ५३, लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले १७ रन बनाए ।

पहिलो विकेटका लागि आसिफ र कुशलले ६४ रनको साझोदारी गरेका थिए । यसैगरी पाँचौं विकेटका लागि लोकेश र रोहितबीच अविजित ५१ रनको साझेदारी भएको थियो ।

सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक विकेट लिए ।


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल