मंसिर २१, २०८२ आइतबार | २१:५२:०५
जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक पोखराको सान्त्वना जित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक पोखराको सान्त्वना जित

काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई

काठमाडौं । बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्स कप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।

नक्सालस्थित होटल क्राउन प्लाजामा आइतबार नेपाल भलिबल संघ (एनभिए)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा टोलीको बिदाइ गरेको हो ।

अक्टोबर २२ देखि २८ सम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले तुर्किमिनिस्तानसँग खेल्नेछ । अक्टोबर २३ मा हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । त्यसको एक दिनपछि माल्दिभ्ससँग खेल्ने तालिका छ ।

मुख्य प्रशिक्षक भरत यादवको नेतृत्वमा टोलीको कप्तानी हरिहजुर थापाले गर्नेछन् । आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरलाई एनभिएले शुक्रबार दोस्रो पटक कप्तानमा नियुक्त गरेको थियो ।

दुई वर्षअघि पहिलो पटक देशको कप्तानी गर्ने अवसर पाएका हरिहजुर अनुशासनहीन काम गरेपछि एक महिनामै निलम्बनमा परेका थिए । हरिहजुरपछि गत वर्षको कार्तिकमा टोलीको कप्तानमा आर्मीकै मानबहादुर शाही नियुक्त भएका थिए । तर, उनी भविष्यको सुनिश्चितका लागि अस्ट्रेलिया पलायन भए । त्यसयता टोली कप्तानविहीन थियो ।

राउन्ड रोविन लिगको चौथो खेलमा नेपालले एक दिनको आरामपछि अफगानिस्तानसँग खेल्नेछ । त्यसपछि अक्टोबर २७ मा नेपालले श्रीलंकासँग खेल्नेछ ।
 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas