कार्तिक १, २०८२ शनिबार | १४:०९:३२
एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार

हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तान

काठमाडौं । हरिहजुर थापा नेपाली राष्ट्रिय भलिबल टोलीको कप्तानमा पुनः नियुक्त भएका छन् ।

नेपाल भलिबल संघ (एनभिए)ले शुक्रबार सामाजिक सञ्जालमार्फत आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुर थापालाई कप्तानका रुपमा सार्वजनिक गरेको हो ।

दुई वर्षअघि पहिलो पटक देशको कप्तानी गर्ने अवसर पाएका हरिहजुर अनुशासनहीन काम गरेपछि एक महिनामै निलम्बनमा परेका थिए । हरिहजुरपछि गत वर्षको कार्तिकमा टोलीको कप्तानमा आर्मीकै मानबहादुर शाही नियुक्त भएका थिए । तर, उनी भविष्यको सुनिश्चितका लागि अस्ट्रेलिया पलायन भए । त्यसयता टोली कप्तानविहीन थियो ।

एनभिएको केन्द्रीय कार्यसमितिले मुख्य प्रशिक्षक भरत यादवको नेतृत्वमा रहेको प्रशिक्षण टोलीको सुझाव अनुसार हरिहजुरलाई कप्तानी जिम्मेवारी दिएको हो ।

नेपालले यही अक्टोबर २२ देखि २८ सम्म बंगलादेशको ढाकामा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कप खेल्दै छ । 
नेपालले उद्घाटन खेलमा तुर्किमिनिस्तानसँग खेल्नेछ । अक्टोबर २३ मा हुने दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । त्यसको एक दिनपछि माल्दिभ्ससँग खेल्ने तालिका छ ।

राउन्ड रोविन लिगको चौथो खेलमा नेपालले एक दिनको आरामपछि अफगानिस्तानसँग खेल्नेछ । त्यसपछि अक्टोबर २७ मा नेपालले श्रीलंकासँग खेल्नेछ ।

 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल