काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलमा अहिलेसम्म छनोट हुने देशमा एउटा केप भर्डे पनि रहेको छ । धेरैले यो नाम सुन्नेबित्तिकै प्रश्न गर्न सक्छ, कहाँको देश हो यो ? यसको एउटा ठूलो कारण भनेको केप भर्डे खासै चर्चामा आइरहने देश होइन । र, यसको पनि कारण भनेको जनसंख्याको आधारमा यो देश सानो भएर हो । यसअघि अरू पनि यस्तै साना देश छनोट भएका छन् विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा । हाम्रो एक नजर अब त्यस्तै ५ देशतर्फ ःआइसल्यान्डआइसल्यान्डको जनसंख्या भन्नु नै तीन लाख ५० हजार हो । यो देश सन् २०१८ मा रुसमा भएको विश्वकपका लागि छनोट भएको थियो । यो नै अहिलेसम्मको सबैभन्दा सानो देश हो, विश्वकप खेल्ने । त्यसको दुई वर्षअगाडि आइसल्यान्डले युरो पनि खेलेको थियो । यसैक्रममा इङ्ल्यान्डलाई हराएर सनसनी मच्चाएको थियो । त्यति मात्र होइन, आइसल्यान्डले रुसमा अर्जेन्टिनासँग बराबरी पनि खेलेको थियो ।केप भर्डेयो टापुको देश पश्चिम अफ्रिकामा पर्छ । यसको जनसंख्या हो, ५ लाख २५ हजार । तर फिफा वरीयतामा भने यो राम्रो स्थानमा छ, ७०औं स्थानमा । केप भर्डेले अफ्रिकाको त्यो छनोट समूहमा आफूलाई अब्बल साबित गरेको हो, जसमा क्यामरुन जस्तो देश थियो । पोर्चुगलबाट ५० वर्ष अगाडि मात्रै स्वतन्त्रता पाएको केप भर्डेले चारपल्ट अफ्रिकी कप अफ नेसन्स पनि खेलिसकेको छ ।पाराग्वेदक्षिण अफ्रिकी देश पाराग्वेको जनसंख्या पनि १० लाख भन्दा कमै हो । यसले सन् १९३० मै भएको पहिलो विश्वकप खेलेको थियो । त्यसक्रममा पाराग्वेले बेल्जियमलाई हराएको थियो भने अमेरिकाको हातबाट आफै पराजित रह्यो । दक्षिण अमेरिकाको देश भएपछि त्यहाँको फुटबल बलियो छ भनेर अनुमान गर्न फेरि गाह्रो पनि छैन । त्यसैले पाराग्वेले अबको विश्वकप खेले, त्यो नवौं अवसर हुनेछ ।ट्रिनिडाड एन्ड टोबागोसन् २००६ मा जर्मनीमा भएको विश्वकपमा ट्रिनिडाड एन्ड टोबागोले खेलेको थियो, छनोट चरण पार गरेर । क्यारेबियन क्षेत्रको यो देशको जनसंख्या १३ लाखको हाराहारीमा छ । त्यस विश्वकपमा यात्रा गर्न यसले अन्तरमहादेशीय प्लेअफ जितेको थियो । जर्मनीमा टोलीले स्विडेनसँग बराबरी खेलेको थियो, तर इङल्यान्ड र पाराग्वेसँग भने हार बेहोरेको थियो । कम जनसंख्या भएका देशको आधारमा पाराग्वे र ट्रिनिडाड एन्ड टोबागोको खेलले सबै ध्यान खिचेको थियो ।उत्तरी आयरल्यान्डसन् १९५८ मा उत्तरी आयरल्यान्डले विश्वकप खेल्दा यसको जनसंख्या १४ लाख रहेको अनुमान छ । त्यति बेला उसले चेकोस्लोभाकियालाई हराएको थियो भने जर्मनीलाई बराबरीमा रोकेको थियो । अर्जेन्टिनाविरुद्धको खेलमा भने यो पराजित रह्यो । कुरा यत्तिकैमा सकिन्न, उत्तरी आयरल्यान्डले सन् १९८२ र १९८६ को विश्वकप पनि छनोट चरण पार गरेर खेलेको थियो ।