कार्तिक २, २०८२ आइतबार | २१:४४:४७
एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा

भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी

काठमाडौं । भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा सात विकेटको विजयी भएको छ ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल बिहीबार हुनेछ ।

पर्थ रंगशालामा भारतले प्रस्ततु गरेको १३१ रनको लक्ष्य अस्ट्रेलियाले २१.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । वर्षाले प्रभावित खेललाई २६ ओभरमा झारिएको थियो ।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले अविजित ४५, जोश फिलिप्सले ३७ र म्याट रेन्शोले अविजित २१ रन बनाए ।

चौथो विकेटका लागि मार्श र फिलिप्सबीच ५५ रनको साझेदारी भएको थियो । भारतका लागि अर्शदीप सिंह, अक्षर पटेल र वासिङ्टन सुन्दरले समान एक विमेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि केएल राहुलले ३८,  अक्षर पटेलले ३१, नितिशकुमार रेड्डीले अविजित १९,  श्रेयस अय्यरले ११  तथा  वासिङ्टन सुन्दर र कप्तान शुभमन गिलले समान १० रन बनाए  ।

अस्ट्रेलियाका लागि म्याथ्यू कुह्नेम्यान, जोश हेजलउड र मिचेल ओवेनले समान दुई तथा मिचेल स्टार्च र नाथन एलिसले समान एक विकेट लिए । 


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल