काठमाडौं । कप्तान लियाेनल मेसीलेको ह्याट्रिक प्रेरित इन्टर मिलानले अमेरिकन सकर लिग (एमएलएस)मा आइतबार न्यासभिल एफसीमाथि ५-२ को सहज जित दर्ता गरेको छ ।
जितसँगै ३४ खेलमा ६५ अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको तेस्रो स्थानमा छ । पराजित न्यासभिल समान खेलबाट ५४ अंकका साथ छैटौं स्थानमा छ ।
जियोडिस पार्कमा पाहुना टोली इन्टरका लागि बाल्टासर रोड्रिगेज र टेलास्को सेगोभियाले समान एक गोल थपे । न्यासभिलका लागि साम सरिज र ज्याकब शेफेलबर्गले गोल गरे ।
खेलको ३५औं मिनेटमा मेसीको गोलमार्फत मियामीले अग्रता लिएको थियो । ४३औं मिनेटमा सरिजले न्यासभिलका लागि बराबरी गोल फर्काए । ।
पहिलो हाफको इन्जुरी समयमा शेफलबर्गले गोल गर्दा न्यासभिल २-१ ले अगाडि बढ्यो । मेसीले ६३औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मियामीलाई २-२ को बराबरीमा ल्याए ।
त्यसको चार मिनेटपछि नै रोड्रिगोले गोल गर्दै मियामीलाई ३-२ को स्थितीमा पुर्याए । ८१औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गरे ।
एमएसएलमा मेसीको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले गत वर्ष न्यु इङ्ग्ल्यान्ड रिभोलुसनविरुद्ध ह्याट्रिक गरेका थिए । जारी सिजनमा भने यो १९औं ह्याट्रिक हो ।
खेलको इन्जुरी समयमा सेगोभियाले गोल गर्दा मियामीले ५-२ को सहज जित निकाल्यो ।