काठमाडौं । लियान्द्रो ट्रोसार्डले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार फुलहमविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
कार्भेन कटेजमा खेलको ५८औं मिनेटमा ट्रोसार्डले गरेको एकमात्र गोल पाहुना टोलीलाई जित दिलाउन पर्याप्त बनेको थियो । उनले गाब्रियल म्यागाल्हेसबो कर्नरलाई पोस्टको दिशा दिएका थिए ।
जितसँगै आठ खेलमा १९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । पराजित फुलहम समान खेलबाट आठ अंकका साथ १४औं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा सन्डरल्यान्डले उल्भरह्याम्टन, बर्नेलीले लिड्स युनाइटेड र म्यानचेस्टर सिटीले एभरटनलाई समान २-०, चेल्सीले नटिङघम फरेस्टलाई ३-० तथा ब्राइटनले न्युक्यासल युनाइटेडलाई २-१ ले पराजित गरे । यसैगरी क्रिस्टल प्यालेस र बर्नमाउथ ३-३ को बराबरीमा रोकिए ।
भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल