काठमाडौं । चेल्सीले इङ्लिस प्रिमियर लिगमा शनिबार नटिङघम फरेस्टविरुद्ध ३-० को सहज जित निकालेको छ ।
जितसँगै आठ खेलमा १४ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ । पराजित नटिङघम समान खेलबाट पाँच अंकका साथ १७औं स्थानमा छ ।
सिटी ग्राउन्डमा पाहुना टोली चेल्सीलाई जित दिलाउन जोश अचेम्पोङ, पेड्रो नेटो र रिस जेम्सले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा अचेम्पोङको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । तीन मिनेटपछि नै नेटोले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा जेम्सले चेल्सीका लागि तेस्रो गोल गरे । ८७औं मिनेटमा मालो गुस्टोले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल