काठमाडौं । घरेलु टाेली भारतविरुद्ध चार रनको रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्डले आइसीसी महिला एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ।
जितसँगै पाँच खेलमा ९ अंक जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । पराजित भारत समान खेलबाट चार अंकका साथ चौथो स्थानमा छ ।
यससँगै अस्ट्रेलिया र दक्षिण अफ्रिका पनि अन्तिम चारमा पुगेका छन् ।
इन्दोरस्थित होल्कर क्रिकेट रंगशालामा इङ्ल्यान्डले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै २८४ रन बनायो ।
भारतका लागि स्मृति मन्धानाले ९४ बलमा आठ चौकासहित सर्वाधिक ८८ रनको योगदान गरिन् । यसैगरी कप्तान हरमनप्रीत कौरले ७०, दीप्ति शर्माले ५०, हर्लिन देओलले २४, अमनजोत कौरले अविजित १८ र स्नेहा रानाले अविजित १० रन बनाए ।
इङ्ल्यान्डकी कप्तान नाटाली स्क्रिभर–ब्रन्टले दुई तथा लोरेन बेल, लिन्सी स्मिथ, चार्ली डिन र सोफी एक्लेस्टोनले समान विकेट विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आ विकेट गुमाउँदै २८८ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि हैदर नाइटले ९१ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरिन् । यसैगरी एनी जोनसले ५६, नाटाली स्क्रिभर–ब्रन्टले ३८, टाम्मी बेउमोन्टले २२, चार्ली डिनले अविजित १९, सोफी डङ्कलीेले १५ र इम्मा लाम्बले ११ रनर बनाए ।
भारतका लागि दीप्ति शर्माले चार र श्री चरानीले दुई विकेट लिए ।