कार्तिक ३, २०८२ सोमबार | १३:०२:०७
भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित !

मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि

काठमाडौं । सर्वाधिक ६ पटकको विजेता अर्जेन्टिनाविरुद्ध २-० को सहज जित जित निकाल्दै मोरोक्को फिफा यु-२० विश्वकपको च्याम्पियन बनेको छ ।

मोरोक्कोले पहिलो पटक फिफाको कुनै पनि प्रतियोगिता जितेको हो ।

आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासिर जबिरीले गरे । दुवै गोल पहिलो हाफमा भएका थिए ।

जबिरीले खेलको १२ र २९औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी फ्रान्सविरुद्ध १-० को कठिन जित निकाल्दै कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ ।

सेमिफाइनलमा मोरोक्कोले फ्रान्स र अर्जेन्टिनाले कोलम्बियालाई हराएका थिए ।

च्याम्पियन मोरोक्काका ओथमाने माम्माले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल प्राप्त गरे ।

अमेरिकाका बेन्जामिन क्रेमास्चीले गोल्डेन बुट पाए । कोेलम्बियाका नाइजर भिल्लारियल र फ्रान्सका लुकास माइकलले पनि समान पाँच गोल गरे थिए । तर बढी गोलको बढि गोलको अवसर सिर्जना गरेका कारण क्रमास्चीलाई सर्वाधिक गोलकर्ता घोषणा गरिएको हो  ।

क्रेमास्चीले दुई तथा भिल्लारियालले एक गोलका लागि अवसर सिर्जना गरेका थिए । माइकलले भने गोलको अवसर सिर्जना गर्न सकेनन् ।

यस्तै उत्कृष्ट गोलकिपर चुनिएका उपविजता अर्जेन्टिनाका सान्टिनो बार्बीले गोल्डेन ग्लभ्स हात पारे । अमेरिकालाई ‘फिफा फेर प्ले’ अवार्ड प्रदान गरियो ।


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल