कार्तिक ३, २०८२ सोमबार | ११:३१:१७
रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई

म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै आठ खेलमा १३ अंक जोडेको युनाइटेड नवौं स्थानमा छ । पराजित लिभरपुल समान खेलबाट १५ अंकका साथ चौथो स्थानमा छ ।

एनफिल्डमा पाहुना टोली युनाइटेडलाई जित दिलाउन ब्रायन एमबेउमो र ह्यारी मग्वायरले गोल गरे । लिभरपुलका लागि कोडी गाक्पोले गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै एमबेउमोको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । उनले अमाद डियालोको पासलाई वान टचमै पोस्टको दिशा दिए ।

गाक्पोले ७८औं मिनेटमा लिभरपुललाई बराबरीमा ल्याए । उनले फेडेरिको चेइसाको क्रसलाई जाली चुमाए ।

मग्वायरले निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा गोल गर्दै युनाइटेडलाई स्पष्ट तीन अंक दिलाए । उनले ब्रुनो फर्नान्डेजको क्रसलाई हेडमार्फत गोलमा परिणत गरे ।

प्रिमियर लिग अन्तर्गत आइतबारै सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनहमविरुद्ध २-१ को जित दर्ता गर्यो ।


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल