कार्तिक १, २०८२ शनिबार | १६:४३:५९
एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन

खेलकुद मन्त्री चौधरीले सञ्चालन गरेको स्कुलकी प्रिन्सिपल राखेप बाेर्ड सदस्यमा नियुक्त

रञ्जना प्रधान ।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नै लगानीमा रहेको नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त गरेका छन् ।

प्रधान खेलकुद मन्त्री चौधरी अध्यक्ष रहेको ललितपुरको कुपन्डोलस्थित नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल हुन् ।

राखेपका अध्यक्ष पनि रहेका चौधरीले दैनिक कामकारबाहीका लागि महत्वपूर्ण मानिने कार्यकारी समितिमा तान्ने गरि
आफ्नै स्कुलकी प्रिन्सिपल प्रधानलाई भित्राएका हुन् ।

मन्त्रीस्तरीय निर्णयअनुरूप प्रधानसँगै विदुर ढुंगाना राखेपको बोर्ड सदस्यमा नियुक्त भएका छन् ।

कार्यकारी समिति सात सदस्यको हुन्छ । राखेप सदस्यसचिव टंकलाल घिसिङ संयोजक रहने कार्यकारी समितिमा यसअघि मन्त्री चौधरीले नेपाली कांग्रेस निकट तथा ट्राभल्स एन्ड टुर्सका काम गर्दै आएका कमल भट्टराईलाई नियुक्त दिइसकेका छन् ।

नवनियुक्त बोर्ड सदस्य प्रधान लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएकी छन् । तर, राखेप बोर्डमा भने उनलाई खेल विज्ञका रूपमा भित्राइएको छ ।

राखेपले पनि सोमबार नवनियुक्त बोर्ड सदस्यद्वयको स्वागत स्वागत गरेको छ । स्वागत कार्यक्रममा नवनियुक्त बोर्ड सदस्य प्रधानले सबै मिलेर मन्त्री चौधरीको कार्यकाल सफल बनाउनुपर्ने बताइन् ।


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल