माघ ८, २०८१ मंगलबार | १०:००:३६
‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने रोमाञ्चक जित निकाल्दै जनकपुर शीर्षस्थानमा टाइगर कप भलिबलः विभागीयबाहेकका टोलीमा विदेशी खेलाडी ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने रोमाञ्चक जित निकाल्दै जनकपुर शीर्षस्थानमा टाइगर कप भलिबलः विभागीयबाहेकका टोलीमा विदेशी खेलाडी

स्वदेश फर्कियो खो-खो टोली

नेपाली खो-खो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोली स्वदेश फर्किएको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा आइतबार सम्पन्न फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएको थियो ।

पुरुष टोलीले ५४-३६ को हार बेहोर्दा महिला टोलीले भारतलाई ७४-४० को अन्तरमा नतिजा सुम्पियो । फाइनलमा पराजय बेहोरे पनि नेपाली खेलकुदका लागि यो एउटा ऐतिहासिक उपलब्धि रह्यो । नेपाली टोलीले कुनै पनि विश्वकपमा फाइनल यात्रा तय गरेको यो पहिलो पटक हो ।

नेपाली महिला टोली समूह ‘सी’ का सबै चार खेल जित्दै विजेताको रूपमा क्वार्टरफाइनल प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भुटानलाई ९३-२४, जर्मनीलाई ७३-३४, श्रीलंकालाई ११०-१० र बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो । नेपालले क्वार्टरफाइनलमा इरानलाई १०३-८ तथा सेमिफाइनलमा युगाण्डालाई ८९-१८ ले हराएको थियो ।

नेपाली पुरुष टोली समूह ‘ए’ को उपविजेता बन्दै क्वार्टरफाइनल पुगेको थियो । समूह चरणमा भारतसँग ४२-३७ ले पराजित भएको नेपालले पेरुलाई ८०-३४, ब्राजिललाई १३४-८ र भुटानलाई ९८-८ अंकले हराएको थियो । यसैगरी नेपालले क्वार्टरफाइनलमा बंगलादेशविरुद्ध ६७-१८ तथा सेमिफाइनलमा इरानविरुद्ध ७२-२० को जित दर्ता गरेको थियो ।


भिडियो
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS