काठमाडौं । नेपाल प्रथम खो-खो विश्वकपको महिलातर्फ उपविजेता बनेको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको फाइनलमा नेपाल घरेलु टोली भारतसँग ७८-४० ले पराजित भयो ।
नेपाल र भारत दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए ।
नेपाल समूह ‘सी' का चारै’ खेल जित्दै विजेताको रूपमा क्वार्टरफाइनल प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भुटानलाई ९३-२४, जर्मनीलाई ७३-३४, श्रीलंकालाई ११०-१० र बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।
यसैगरी नेपालले क्वार्टरफाइनलमा इरानलाई १०३-८ तथा सेमिफाइनलमा युगाण्डालाई ८९-१८ ले हराएको थियो ।
भिडियो
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS