काठमाडौँ । बाँसबारीमा खेलाडीका लागि उपयोगी थप सुविधा र सेवा सहित नाडा पर्फमेन्स एन्ड रिह्याबिलिटेसन सेन्टर सञ्चालनमा आएको छ । ल्
नाडाले सञ्चालनमा ल्याएको उक्त सेन्टरको उद्धघाटन काठमाडौं महानगरपालिका वडा नं ३ का अध्यक्ष प्रेम थापाले गरे । उक्त उद्घाटन समारोहमा अध्यक्ष थापाले यस्ता सेन्टरले खेलाडिहरुलाई खेल थप प्रोत्साहान मिल्ने र भविश्यमा खेलाडिहरुलाई अझ सशक्त भई आफ्नो खेल प्रदर्शन गर्न सहयोग गर्ने बताए ।
सोहि अवसरमा सेन्टरका सञ्चालक विवेकविक्रान्त अधिकारीले नाडा नेपालको पहिलो प्रर्फमेन्स एन्ड रिह्याबिलिटेसन सेन्टर भएको र नयाँ पूर्वाधारबाट खेलकुदमा लागेकालाई मात्र नभएर अन्यलाई पनि सेवा पुर्याउने योजना रहेको बताए ।
सेन्टरमा विशेष गरी चार पक्ष इन्जुरी प्रिभेन्सन, इन्जुरी ट्रिटमेन्ट, रिह्याबिलिटेसन र पर्फमेन्स इन्हान्समेन्टमा ध्यान दिइनेछ । खेलाडीलाई घाइते हुनबाट बचाउन आवश्यक तयारी गर्ने, घाइते भए शारिरीक अभ्यास गराएर निको बनाउने, शल्यक्रिया गराएका खेलाडीलाई रिह्याब गराउने र खेलाडीलाई शारीरिक रूपमा बलियो बनाउन अभ्यास गराउने नाडाको लक्ष्य छ ।