काठमाडौं । नेपाली शिवाली गुरुङले ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आई टिएफ/एटिएफ अन्तर्गत ‘टेनिस टु युरोप’मा सहभागिता जनाउने भएकी छन् ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले शिवालीलाई बिदाइ गरे ।
शिवालीले १४ वर्ष मुनीको उमेर समुहमा जुलाई १४ देखि २० सम्म फ्रान्समा हुने ओपन स्टेट फ्राकाइस, जुलाई २१ देखि २७ सम्म हुने टेनिस युरोप, जर्मनमा जुलाई २८ देखि अगस्ट ३ सम्म हुने इन्टरनेसनल डेउटसी तथा अगस्ट ४ देखि १० सम्म बेल्जियममा हुने योङ च्याम्पियनसिप कपमा भाग लिने छिन् ।
यस्तो प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको शिवालीका प्रशिक्षक प्रदिप खड्काले जानकारी दिए ।
बिदाइ कार्यक्रममा राखेपका बोर्ड सदस्य हिमालकुमार श्रेष्ठ, शिवाली प्रशिक्षकहरु प्रदिप खड्का र राजकुमार लामा सहभागी थिए ।
भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?
