चैत्र ११, २०८२ बुधबार | १६:३०:२५
दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा

एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई सरकारले अवैध घोषणा गरेको अवस्थामा आफैले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागिताका लागि ३१ खेल दर्ता गराएको जनाएको छ । 

मंगलबार एनओसीले यस विषयमा पत्रकार सम्मेलन गरेलगत्तै मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो ।

‘एसियाली खेलकुदको सन्दर्भमा उठेका विषयप्रति युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष तेजुलाल चौधरीको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले अवैध घोषणा गरिसकेको र त्यसका गतिविधिप्रति रोक लगाइसकेको जीवनराम श्रेष्ठको नेतृत्वमा गठित अवैध ओलम्पिक कमिटीको कार्यसमितिलाई ओलम्पिक गतिविधिमा रोक लगाएको अवस्थामा कमिटीको लेटरप्याड र छाप दुरुपयोग गरि उक्त खेलमा सहभागिताका लागि प्रारम्भिक चरणमा सहभागी हुने खेलहरुको सूची दर्ता गर्ने अन्तिम मिति जुन २० सम्म रहेको भनि हवाला दिएर प्रेसित गरिएको पत्रमा कुनै वैधानिकता नरहेको र त्यसलाई मन्त्रालय र परिषदले समेत मान्यता दिन नसक्ने अवगत गराउन चाहन्छौं, विज्ञप्तिमा भनिएको छ । ’

विज्ञप्तिमा प्रतियोगिता आयोजकबाट सूचि दर्ताका लागि पत्र प्राप्त नभएको तथा श्रेष्ठ नेतृत्वको एनओसीबाट पठाइएका पत्रलाई सरकारी मान्यता नदिने अडान दोहोर्याइएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘अवैध ओलम्पिक कमिटीबाट गरिएका कुनै पनि पत्रलाई सरकारी मान्यता दिन नसकिने जगजाहेर हुँदाहुदै सो कमिटीबाट गरिएको पत्राचारका आधारमा खेल संघहरु, मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबाट दर्ता भएन भनेर प्रचार गरिनु दुःखद विषय भएको पनि प्रष्ट पार्न चाहन्छौं । अवैध ओलम्पिक कमिटीका अनुरोधलाई कानुन अनुसार मान्यता दिन नसक्ने भएपछि र उक्त प्रतियोगितामा सहभागि हुन चाहने ३१ वटा खेल संघको सुचीदर्ता सम्बन्धित निकायमा असार १६ गते नियमानुसार भइसकेको जानकारी गराउँदछौ ।’

मन्त्रालय र परिषद राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने कुनै पनि खेल प्रतियोगितालाई रोक्ने पक्षमा नरहेको तथा खेल र खेलाडीको वृद्धि विकासको पक्षमा सदैव रहदै आएको दावी गर्दै आफूहरुले २०औं एसियाली खेलकुदमा सहभागिताको लागि प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा एनओसीले मन्त्रालय र परिषदको साख गिराउने नियतका साथ अतिरञ्जित प्रचार गरेको आरोप लगाइएको छ ।

एनओसी वैधानिकताको मुद्धा अदालतमा विचाराधिन छ । तथापि श्रेष्ठको अध्यक्षतामा रहेको एनओसीलाई अन्तर्राष्ट्रिय नियामक निकाय आइओसी र ओसिएले मान्यता दिइसकेका छन् । आइओसी चार्टरअनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले मात्र ओलम्पिकको छाताभित्र हुने खेल मेलामा कुनै पनि देशको सहभागिता गराउन सक्ने व्यवस्था छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो