असार १८, २०८२ बुधबार | १९:०७:५८
खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ जनकपुर बोल्ट्सको मार्कीमा आसिफ शेखकै निरन्तरता सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको असार अन्तिम साता सविना र अञ्जलीले भुटानको लिग खेल्ने अन्सु फाती मोनाकोमा अनुबन्ध दोस्रो ट्वान्टी-२० खेलमा पनि भारत विजयी नाेभाक जाकोभिच चौथो सेटमा विजयी खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ जनकपुर बोल्ट्सको मार्कीमा आसिफ शेखकै निरन्तरता सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको असार अन्तिम साता सविना र अञ्जलीले भुटानको लिग खेल्ने अन्सु फाती मोनाकोमा अनुबन्ध दोस्रो ट्वान्टी-२० खेलमा पनि भारत विजयी नाेभाक जाकोभिच चौथो सेटमा विजयी

नेपाल र श्रीलंका भिड्दै

फाइल तस्विर ।

काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले बुधबार दक्षिण एसियाली प्रतिद्धन्द्धी श्रीलंकासँ खेल्दैछ । उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा खेल साँझ ६ः१५ मा सुरु हुनेछ ।

समूह ‘एफ’ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आइतबार लाओसमाथि ९-० को फराकिलो जित हासिल गरेको थियो । श्रीलंकाले भने घरेलु टोलीसँग १०-० को पराजय बेहोरेको थियो ।

नवनियुक्त मुख्य प्रशिक्षक प्यट्रिक डी वाइल्डको नेतृत्वमा नेपालले आइतबार पहिलो खेल खेलेको थियो । जुन खेलमा फरवार्ड सावित्रा भण्डारीले पहिलो पटक कप्तानको आर्मब्याण्ड लगाएकी थिइन् । नेपाली राष्ट्रिय महिला टोलीकी ११औं कप्तान बनेकी सावित्राले खेलमा चार गोल गरिन् । यसबाहेक अनिता बस्नेत, सरु लिम्बु, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरे ।  एक गोल नेपालले आत्मघाती उपहार स्वरुप  प्राप्त गर्यो ।

फिफा वरियताका आधारमा श्रीलंका समूहको सबैभन्दा कमजोर टोली हो । पछिल्लो एक वर्षमा मात्र चार अन्तर्राष्ट्रिय खेल खेलेको श्रीलंका पहिलाे पटक एएफसी एसियन कपको छनोट प्रतियोगिता खेल्दै छ ।

गोलको खुसीः एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा लाओसविरुद्ध नेपाली खेलाडीको गोल सेलेब्रेसन, तस्वीर सौजन्यः एनएसजेएफ ।

गत एक वर्ष श्रीलंकाले चारमध्ये तीन खेल काठमाडौंमा खेलेको थियो । काठमाडौंमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सातौं संस्करणमा श्रीलंका आयोजक नेपाल रहेकै समूहमा थियो । श्रीलंकाले साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर मानिने भुटानसँग ४-१ को हारेको श्रीलंकाले त्यसपछि नेपालसँग ६-० को फराकिलो हार बेहोर्यो । श्रीलंकालाई ६ गोल अन्तरले हराउँदै नेपालले शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का पारेको थियो ।

नेपालले श्रीलंकासँग अहिलेसम्म हार बेहोरेको छैन । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले श्रीलंकासँग सात पटक खेलेको छ । यी सबैमा नेपालले शतप्रतिशत जित हासिल गरेको इतिहास छ । त्यसैले पनि श्रीलंकाविरुद्ध नेपाललाई यसपालि पनि गाह्रो नरहने अनुमान गर्न सकिन्छ ।

राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गर्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा शनिबार उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।


भिडियो
Private video
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA