चैत्र १८, २०८२ बुधबार | १५:२८:५१
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

निस्क्रिय बास्केटबल, उकास्ने कस्ले ?

नेपाली खेलकुदमा बास्केटबलको औपचारिक इतिहास पनि तीन दशकभन्दा लामो भइसकेको छ । सन् १९८९ मा स्थापना भएको नेपाल बास्केटबल संघले २००० मा अन्तर्राष्ट्रिय बास्केटबल महासंघ (फिबा) को सदस्यता पाएको थियो । 

स्थापनाको पहिलो दशक खासै चर्चामा नरहे पनि अन्तर्राष्ट्रिय मान्यता पाएपछि भने बास्केटबल नेपाली खेलकुदमा स्कुल र कलेजहरूमार्फत जबरजस्त रूपमा प्रवेश गर्न सफल भयो । केही समय अघिसम्म पनि नेपाल बास्केटबल संघ नेपालमा निकै सक्रिय संघमध्ये एक थियो । 

तर, पछिल्ला तीन वर्ष भने संघ पूर्ण रूपमा निस्क्रिय छ । कोर्टहरूमा लेउ जम्न थालिसकेका छन् । कार्यक्रम नहुँदा बोर्डमा लागेको धुलो टकटक्याउने आवश्यकता परेको छैन । निस्क्रिय बास्केटबल संघले तत्काल नयाँ कुनै कार्यक्रम ल्याउने सम्भावना पनि कम छ । 

कार्यबाहक अध्यक्षका रूपमा संघको नेतृत्व लिइरहँदा गुरुङसामु थुप्रै अवसर छन् र उत्तिकै चुनौती पनि । कार्यभार सम्हाल्नुअघि आफूमाथिका चुनौती र अवसर सुक्ष्म ढंगले बुझ्न सकेमात्र उनको नेतृत्व सफल हुनसक्छ ।

अत्यन्तै गम्भीर रोगका कारण लामो समयदेखि ओछ्यान परेका संघका अध्यक्ष लामा टेण्डी शेर्पाले आफ्ना विश्वासपात्र भीमसिंह गुरुङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । तर, त्यसले पनि नयाँ कार्यक्रमहरू आउने र फेरि संघको सक्रियता बढ्ने आशा जगाउन सकेको छैन । किनकि विश्वव्यापी महामारीका रूपमा पछिल्लो दुई वर्षदेखि मानवजातिकै ठूलो समस्या बनिरहेको कोभिड १९ को जोखिम घटेको छैन ।

कार्यबाहक अध्यक्षका रूपमा संघको नेतृत्व लिइरहँदा गुरुङसामु थुप्रै अवसर छन् र उत्तिकै चुनौती पनि । कार्यभार सम्हाल्नुअघि आफूमाथिका चुनौती र अवसर सुक्ष्म ढंगले बुझ्न सकेमात्र उनको नेतृत्व सफल हुनसक्छ । यसका लागि उनले बास्केटबलको पछिल्ला केही वर्षको इतिहास बुझ्नु जरूरी छ । 

बास्केटबललाई सुरुआती दिनमा धनीले मात्र खेल्ने खेल भनेर आलोचना गरिन्थ्यो । तर, त्यस बाबजुद सानो ठाउँमै कोर्ट बनाएर खेल्न सकिने यो रोमाञ्चक खेलले छोटो समयमै नेपालमा आफूलाई लोकप्रिय बनायो । नेपालमा अहिले पनि बास्केटबल रुचाउने मानिसको संख्या निकै बाक्लो छ । 

अन्तर्राष्ट्रिय मान्यता पाएको छोटो समयमै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । सन् २००१ मा भारतको गुवाहाटीमा सम्पन्न पहिलो सार्क बास्केटबल च्याम्पियनसिप नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपालसहित आयोजक भारत, बंगलादेश र माल्दिभ्स सहभागी उक्त प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पारेको थियो । 

नेपालले दक्षिण एसियामा आयोजना हुने हरेक प्रतियोगितामा सहभागिता जनाउने गरेको छ । नेपालले फिबा एसिया मध्यक्षेत्रका हरेक छनोट प्रतियोगिता (सिनियर र जुनियर) मा भाग लिँदै आएको छ । नेपालले दक्षिण एसियाका प्रतियोगितापछि सन् २००९ मा सिंगापुरमा आयोजित एसियन युथ गेम्समा पहिलो पटक थ्री बाई थ्री प्रतियोगितामा भाग लियो । नेपाली पुरुष टोलीले खेलेको तीनवटै खेलमा हार बेहोरेको थियो भने दुई खेलमा हार भोगेको महिला टोलीले एउटा जित हासिल गरेको थियो । 

यस्ता प्रतियोगिताको सहभागिताले नेपाललाई थप अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा उभिने मौका मिल्यो । खेलाडीले अन्तर्राष्ट्रिय अनुभवको अवसर पाए । सन् २०११ मा एसियन बिच गेम्समा भाग लिएको नेपालले २०१४ को दक्षिण कोरियामा आयोजित इन्चोन एसियाली खेलकुदमा महिला टोलीलाई सहभागी गरायो ।

नेपाल बास्केटबल संघले सन् २०११ मा नेपाली यू-१४ का खेलाडीलाई जापानमा लगेर दुईहप्ते प्रशिक्षण गरायो । संघले गरेको यो काम अहिलेसम्मकै राम्रो भन्न सकिन्छ ।

नेपालका हरेक विद्यालयमा बास्केटबल कोर्ट हुने र सधैं प्रतियोगिता हुनाले नेपालमा बास्केटबल धेरै प्रख्यात थियो । सन् २००० को दशकमा हरेक महिना कम्तीमा पनि एक विद्यालयस्तरीय प्रतियोगिता हुन्थे । सिनियर टोलीका पनि केही प्रतियोगिता हुने गरेका थिए । 

नेपाल बास्केटबल संघले सन् २०११ मा नेपाली यू-१४ का खेलाडीलाई जापानमा लगेर दुईहप्ते प्रशिक्षण गरायो । संघले गरेको यो काम अहिलेसम्मकै राम्रो भन्न सकिन्छ । 

थ्री बाई थ्रीको आगमनसँगै नेपालमा थुप्रै प्रतियोगिता भए । तर, पछिल्ला दिनमा यी सबै प्रतियोगिताहरू रोकिए । नेपालले बास्केटबल जस्तो खेललाई माथि लैजान नसक्नुको मुख्य कारण संघ नै हो । नेपाली बास्केटबलको सर्वोच्च निकाय भएको नाताले संघले यसका सबै कमजोरीको जिम्मा लिनैपर्छ । 

उपत्यका र केही अन्य जिल्लाबाहेक संघले बास्केटबलका लागि खासै काम गरेको देखिँदैन । आयोजना हुने प्रतियोगिता पनि कलेज वा विद्यालयको विज्ञापनका लागि वा भर्नाको समयमा गर्ने गरिएको छ । 

विद्यालय वा कलेजस्तरीय प्रतियोगिता हुनाले बास्केटबललाई धेरै टेवा पुगेको थियो । संघले गरेका ट्यालेन्ट हन्ट र बास्केटबल एकेडेमी सञ्चालन जस्ता कार्यक्रमले खेलाडी उत्पादनमा ठूलो योगदान गरेको थियो । 

एसएलसी/एसइई पछि ट्यालेन्ट हन्टबाट चुनिएका खेलाडीलाई केही कलेजले छात्रवृत्ति पनि दिने गरेका थिए । त्यसरी छात्रवृत्तिमा पढाएका खेलाडीको उपस्थितिमा त्यस्ता कलेजहरूले यू-१९ राष्ट्रिय प्रतियोगितामा सफलता पनि पाएका थिए । 

नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू बंगलादेशको लिग खेल्न जाने गरेका थिए । कप्तान सदिश प्रधान, विनोद महर्जन र विक्रम जोशीले बंगाली लिगमा राम्रो प्रदर्शन गरेका थिए ।

तर, पछिल्ला वर्षहरूमा यस्ता कार्यक्रम रोकिएका छन् । संघको चासो त्यतातिर खासै देखिँदैन । धेरै विद्यालय प्रतियोगिता वा यू-१९ प्रतियोगिता संघको क्यालेन्डरबाटै हटाइएको छ । बास्केटबलका धेरै खेलाडी खेल छोडेर अन्यत्र लाग्न बाध्य भएका छन् । पहिले आयोजना हुने प्रतियोगिताहरू पनि अहिले रोकिएका छन् । सञ्चारमाध्यममा बास्केटबलको पहिलाको बाक्लो उपस्थिति अहिले देख्नै नसकिने तरिकाले खुम्चिएको छ । ठूला टेलिभिजन च्यानलहरूबाट प्रत्यक्ष प्रशारण हुने अवस्थामा पुगिसकेको नेपाली बास्केटबल आजकल पत्रिका र अनलाइनका समाचारमा स्थान पाउन पनि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ । 

हालको अवस्थामा नेपालमा बास्केटबल खेलेर केही गर्न सकिन्छ भन्ने विश्वास सीमित खेलाडीमा मात्र बाँकी छ । केही समय पहिलासम्म पनि नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू बंगलादेशको लिग खेल्न जाने गरेका थिए । कप्तान सदिश प्रधान, विनोद महर्जन र विक्रम जोशीले बंगाली लिगमा राम्रो प्रदर्शन गरेका थिए । जसले अरू नेपाली खेलाडीका लागि विदेशमा गएर व्यावसायिक बास्केटबल खेल्ने बाटो सहज बनाउँदै थियो । तर, अहिले उनीहरूले नेपालमै पर्याप्त प्रतियोगिता खेल्न पाएका छैनन् ।

बास्केटबल संघको भूमिका पछिल्लो समय आफ्नो संघ बचाउने र राष्ट्रिय खेलकुद परिषद तथा नेपाल ओलम्पिक कमिटीको राजनीति गर्नेतिर मात्र लागेको देखिन्छ । धेरै खेलाडीको एउटै गुनासो हुने गरेको छ, ‘संघले खेलाडीलाई केही गरेन र केही गर्ने छाँट पनि छैन ।’

प्रतियोगिताकै कमीले गर्दा नेपालमा राष्ट्रियस्तरका खेलाडीको संख्या अत्यन्तै कम छ । राष्ट्रिय टोली छनोट गर्दा धेरै प्रतिस्पर्धा हुने गरेको छैन । नेपालमा केही क्लबले पुरुष तथा महिला खेलाडीलाई राखे पनि उनीहरूले बास्केटबलबाहेक अरू काम गर्नुपरेको बाध्यता छ । बास्केटबलबाट जीवन धान्न सक्ने स्थिति छैन ।

बास्केटबल संघको भूमिका पछिल्लो समय आफ्नो संघ बचाउने र राष्ट्रिय खेलकुद परिषद तथा नेपाल ओलम्पिक कमिटीको राजनीति गर्नेतिर मात्र लागेको देखिन्छ । धेरै खेलाडीको एउटै गुनासो हुने गरेको छ, ‘संघले खेलाडीलाई केही गरेन र केही गर्ने छाँट पनि छैन ।’
 
लामो समयसम्म अध्यक्षका रूपमा बास्केटबललाई नेतृत्व गरेका शेर्पा अस्वस्थ भएपछि त नेपाली बास्केटबल पनि उनीसँगै थलिएको छ । कुनै नयाँ सोच र सक्रियता नभएकै कारण नेपालमा कुनै समय प्रख्यात र धेरै खेलिने खेल हाल शून्यको अवस्थामा पुगेको हो । 

विद्यालयहरूले पनि प्रतियोगितालाई निरन्तरता नदिने र कलेजहरूले छात्रवृत्ति दिएर खेलाडी नलिनुका कारण पनि नेपालमा बास्केटबल खेलाडी कम भएको छ । संघले बास्केटबलबाट विदा लिँदै गरेका स्कुल र कलेजहरूलाई फेरि यो खेलमा फर्काउन पहलकदमी लिनुपर्छ ।

केही युवाहरूले स्वस्फुर्त रूपमा २०१९ मा सुरु गरेको नेपाल बास्केटबल लिगले भने यो खेल जोगाइराख्न केही टेवा पुर्‍याएको छ । पुरुषका आठ र महिलाका चार टोलीलाई होम एन्ड अवे पद्धतिमा लिग खेलाइने गरेका कारण यसले बास्केटबलको संस्कार बसाउन तथा खेलको लोकप्रियता कायम राख्न योगदान पुर्‍याएको मान्न सकिन्छ । 

केही नभएको ठाउँमा एउटा ढंगको लिग हुनुले नेपाली खेलाडीलाई खेलमै व्यस्त भइरहने मौका दिएको छ । तर खेलाडी उत्पादन प्रक्रिया नै समस्यामा परेकाले यो लिगमा सीमित खेलाडीको मात्र सहभागिता देखिन्छ । नयाँ खेलाडीको आगमन अत्यन्तै न्युन मात्रामा छ । 

कुनै समय थियो, क्रिकेट र भलिबलमा पनि प्रायोजकको रुचि थिएन । समयक्रममा यी खेलका प्रशासनले प्रायोजकलाई आफूतिर आकर्षित गर्न प्रभावकारी कार्यक्रमहरू ल्याए । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आफ्नो खेलको सम्भावनाबारे प्रायोजकलाई बुझाउन सके । 

पक्कै पनि प्रतियोगिता नहुनुमा प्रायोजक नपाउनुको समस्या छ । क्रिकेट, फुटबल र भलिबललाई प्रायोजकको धेरै साथ मिले पनि बास्केटबलमा भने प्रायोजकको रुचि कम देखिएको छ । 

कुनै समय थियो, क्रिकेट र भलिबलमा पनि प्रायोजकको रुचि थिएन । समयक्रममा यी खेलका प्रशासनले प्रायोजकलाई आफूतिर आकर्षित गर्न प्रभावकारी कार्यक्रमहरू ल्याए । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आफ्नो खेलको सम्भावनाबारे प्रायोजकलाई बुझाउन सके । 

त्यसपछि मात्र अहिले देखिएका प्रायोजक क्रिकेट र भलिबलमा आएका हुन् । कुनै बेला प्रायोजकको पहिलो रोजाइ बन्ने गरेको फुटबलमा विस्तारै प्रायोजक उपस्थिति पातलिन थालेको छ । यो पनि संघका कार्यक्रम र कार्यशैलीकै कारण हो । 

बास्केटबलमा नेतृत्व लिइरहँदा अध्यक्ष गुरुङले बुझ्नुपर्ने कुरा यो पनि हो । शेर्पाले नेपाली बास्केटबलमा बनाएको विरासत थेग्ने जिम्मेवारीसहित आएका उनले अघिल्लो कार्यकालभन्दा राम्ररी संघ चलाउनुका साथै पर्याप्त मात्रामा प्रायोजकलाई आकर्षित गर्दै देशव्यापी यो खेललाई चलायमान बनाउन सके भने उनको आगमनको अर्थ रहनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो