वैशाख २७, २०८२ शनिबार | १७:०२:०५
स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन

भारोत्तोलनमा विकासको राष्ट्रिय कीर्तिमान

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) स्वर्णधारी विकास थापाले १९ औं एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा बिहीबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नेपाल प्रहरीका विकासले पुरुष ८१ केजीमा स्न्याचमा एक सय २२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको एक सय २० केजीको कीर्तिमानमा सुधार गरेका हुन् ।

 विकासले स्न्याचमा एक सय २२ सहित क्लिन एन्ड जर्कमा एक सय ३५ केजी गरी कुल दुई सय ५७ केजी वजन उचाल्दै पहिलो स्थान हासिल गरे ।

नेपाल भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगिताको पुरुष ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट पहिलो भए । उनले स्न्याचमा एक सय ५ केजी र क्लिन एन्ड जर्कमा एक सय २४ केजी गरी कुल दुई २९ केजी तौल उठाए ।

एक सय ९ केजीमुनिमा प्रहरीका सन्देश गुरुङ स्न्याचमा एक सय १६ केजी र क्लिन एन्ड जर्कमा एक सय ४० केजीसहित कुल दुई सय ५६ केजी भार उचाल्दै पहिलो भए ।

एक सय ९ केजीमाथिमा प्रहरीका राजीव महर्जनले स्न्याचमा एक सय २५ केजी र क्लिन एन्ड जर्कमा एक सय ५० केजी गरी कुल दुई सय ७५ केजी वजन उचाल्दै पहिलो स्थान हासिल गरे  ।

६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो पहिलो भए । उनले स्न्याचमा ९१ केजी र क्लिन एन्ड जर्कमा एक सय १३ केजी गरी कुल दुई सय ४ केजी भार वहन गरे ।

६७ केजीमा प्रहरीका प्रकाश केसी स्न्याचमा एक सय केजी र क्लिन एन्ड जर्कमा एक सय २० केजी गरी कुल दुई सय २० केजी तौल उचाल्दै पहिलो स्थानमा रहे ।  

स्न्याचमा ९६ केजी र क्लिन एन्ड जर्कमा एक १८ केजी गरीकुल दुई सय १४ केजी तौल उचालेका आर्मीका राजु चौधरी ७३ केजी स्पर्धाको शीर्ष स्थानमा रहे ।

महिला ४९ केजीमा लुम्बिनीकी कृष्णाकला विष्ट, ५५ केजीमा आर्मीकी प्रभा थारु, ५९ केजीमा प्रहरीकी टीकामाया गुरुङ, ६४ केजीमा प्रहरीकी पूजा कुमाल, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनिमा प्रहरीकी तारादेवी पुन र ८७ केजीमाथिमा प्रहरीकी विद्या राईले पहिलो स्थान हासिल गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले  उद्घाटन गरेका थिए । एकदिने प्रतियोगितामा पुरुषतर्फ २१ र महिलातर्फ ११ खेलाडीले समान ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।  

आ/आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी पहिलो चरणका लागि छनोट भएका छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP