वैशाख २७, २०८२ शनिबार | १७:१५:२२
स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन

राष्ट्रिय बुद्धिचालः रुपेश र सुजनालाई एकल अग्रता

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन खुला पुरुषतर्फ शीर्ष वरीयताका फिडे मास्टर रुपेश जैशवाल र महिलातर्फ सुजना लोहनीले एकल अग्रता बनाएका छन् ।

होटल ले हिमालयमा जारी प्रतियोगितामा बिहिबार तेस्रो र चौथो चरणको प्रतिस्पर्धा भएको थियो । रुपेश र सुजना चौथो चरणसम्म अपराजित छन् ।

विहीबारको पहिलो खेलमा रुपेशले साविक विजेता पुरुषोत्तम चौलागाईंलाई पराजित गरे । चौथो चरणमा उच्च लयमा रहेका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई हराए ।

तेस्रो चरणमा कालो गोटी लिएर सिसिलिएन प्रणालीमा सुरु गर्ने प्रयास गरेका पुरुषोत्तमको खेल रुपेशले पेड्रोफ डिफेन्स प्रणालीमा मोडे । सुरुवाती दुई चरणमा पराजित भएर दवावमा रहेको पुरुषोत्तमले ३३औं चालसम्म पुग्दा एक सिपाही गुमाउन पुगे । त्यसपछि खेलमा रुपेशको पकड रह्यो । उनले ५३औं चालमा खेल जिते ।

चौथो चरणमा रुपेशले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई ६३औं चालमा पराजित गरे । अघिल्ला तीन चरणमा जित हासिल गरेका पुरुषोत्तमले रुपेशलाई ४३औं चालसम्म बराबरीको अवस्थामा राखेका थिए । ४४औं चालमा गरेको गल्तीको फाइदा उठाउँदै रुपेशले जित हासिल गरे ।

पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, फिडेमास्टर क्षितिज भण्डारी र पुरुषोत्तम सिलवाल समान ३ अंकसहित संयुक्त रुपमा दोस्रो रेटिङमा छन् । विहीबारको खेल फिडेमास्टर क्षितिज भण्डारीका लागि सुखद रह्यो । अघिल्लो दिन पराजित रहेका उनले तेस्रो चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ र चौथो चरणमा राजीव कार्कीलाई पराजित गरेका थिए ।

दिव्यांश मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजभेन्टको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा राजन सुवेदी र राजन पुरी २.५ अंकका साथ संयुक्त रुपमा तेस्रो पोजिसनमा छन् ।

महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनीले तेस्रो दिनसम्म एकल अग्रता बनाएकी छन् । अपराजित यात्रालाई कायम राख्ने क्रममा सुजनाले विहीबार तेस्रो चरणमा लक्ष्मी कँडेल र चौथो चरणमा युवा खेलाडी रिया श्रेष्ठमाथि जित रचिन् । सुजनाले लक्ष्मीमाथि ७१औं चाल र रियामाथि ५७औं चालमा जित हासिल गरेकी हुन् ।

सुशीला गुरुङ र रिया श्रेष्ठ ३ अंकका साथ सुजनालाई पछ्याइरहेका छन् । शान्ती धिमाल, लक्ष्मी श्रेष्ठ र पूजा भण्डारीको समान २ अंक छ ।

खुला र महिलातर्फ समान १० खेलाडीको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोविन प्रणालीमा सन्चालन भइरहेको छ । शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु हुनेछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP