असार २७, २०८२ शुक्रबार | १७:२३:२८
कोरा साइक्लिङ अर्को शनिबार सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक कोरा साइक्लिङ अर्को शनिबार सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक

न्युरोडमा एडिडासको नयाँ शाखा

काठमाडौं । विश्व चर्चित खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडासले शुक्रबारबाट नेपालको छैटौं फ्ल्यागसिप स्टोरका रुपमा न्युरोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट यसअघि एडिडासका खेल सामाग्री तथा पोशाक विक्री गर्दै आएको नेपालका लागि एडिडासको आधिकारिक विक्रेता रुटस् फेसन प्रालिले आफ्नो छैटौं शाखाको रुपमा न्युरोडबाट विक्री सूरु गरेको हो ।

यसअघि रुटस् फेसनले काठमाडौंको दरबारमार्ग, सिटी सेन्टर कमलपोखरी, पुतलीसडक, सिभिल मल र ललितपुरको जावलाखेलबाट एडिडासका खेलकुद सामाग्री तथा पोसाक विक्री गर्दै आएको थियो ।

सन् २००१ देखि सञ्चालनमा आएको रुटस् फेसन प्रालीले राजधानीका मुख्य व्यापारिक केन्द्रबाट एसिडाडसको विश्वस्तरिय उत्पादन नेपाली खेलकुद पारखीहरुका माझ निरन्तर पुर्‍याउँदै आएको छ ।

विश्व खेलकुद जगतमै एलिट ब्रान्डका रुपमा स्थापित एडिडासले आफ्नो सुरुआती काल देखी नै नेपाली खेलकुद जगतको विकास र विस्तारमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सधैं सहयोग गर्दै आएको एडिडास नेपालका अध्यक्ष सञ्जिव तुलाधरले बताए ।

नेपाली राष्ट्रिय फुटबल टोली, सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी थ्री स्टार क्लब, एथ्लेटिक्स तथा बक्सिङका थुप्रै राष्ट्रिय खेलाडी लगायतलाई एडिडास नेपालले प्रायोजन गरिसकेको छ । एडिडास नेपालका अध्यक्ष तुलाधरले आगामी दिनमा पनि नेपाली खेलकुदलाई विभिन्न तहबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

‘हाम्रो देशको मुख्य व्यापारिक केन्द्र न्युरोडमा हामीले एडिडासको शाखा विस्तारका लागि विगत चाार पाँच वर्ष देखि नै उपयुक्त स्थान खोजिरहेका थियौं,’ एडिडास नेपालका अध्यक्ष तुलाधरले भने, ‘सबै नेपालीको पहुँचमा एडिडासका खेलकुद सामाग्री र पोसाक पुगोस भन्ने मुख्य उद्देश्यका साथ हामीले नयाँ शाखा सञ्चालनमा ल्याएका हौं ।’

 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM