असार २७, २०८२ शुक्रबार | १३:३३:०४
सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो सुशन र स्वप्निल चम्कँदा प्लानिङ ब्वाइजको पोस्टमा चर्च ब्वाइजको ९ गोल एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली, तस्वीरः सरोज सापकोटा/खेलाडी

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् ।

राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिएका हुन् ।

एनपिएलको दोस्रो संस्करणको आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे ।

त्यस्तै ओलीले आफूूले हालै स्पेन भ्रमणका क्रममा स्पेनिस महारथी रियल म्याड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा समेत गरेका छन् ।

यसैगरी ओलीले १०औं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगता गर्न परिषद्लाई निर्देशन दिए ।

आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM