असार २७, २०८२ शुक्रबार | १०:३८:३३
एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान

चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक

फाइल तस्विर ।

काठमाडौं । भुटानमा यही अगस्ट २० बाट सुरु हुने साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाली टोलीको नेतृत्व चेतनारायण श्रेष्ठले गर्ने भएका छन् ।

बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालयमा श्रेष्ठलाई महासचिव किरण राईले नियुक्त पत्र हस्तान्तरण गरे ।

श्रेष्ठले गत जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती युवा क्लबको नेतृत्व सम्हालेका थिए । नयाँबस्तीले अंकतालिकाको पुछारमा रहँदै तेस्रो डिभिजनमा घटुवा भएको थियो ।

श्रेष्ठले यसअघि २०१९ मा हल्चोकमा सम्पन्न साफ यु–१८ पुरुष च्याम्पियनसिपमा नेपाली टोली सम्हालेका थिए ।

यु–१७ महिला राष्ट्रिय टोलीका नवनियुक्त प्रशिक्षक चेतनारायण श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै एन्फा महासचिव किरण राई, तस्वीर सौजन्यः एन्फा ।

चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ । अगस्ट २० गते नै साँझ ६ बजे आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अगस्ट ३१ सम्म चल्ने प्रतियोगिता राजधानी थिम्पुस्थित चाङ्लिमथाङ रंगशालामा हुनेछ ।

तल्लो उमेर समूहको यो प्रतियोगिताले सातौं संस्करण पार गर्दा नेपालले एकपटक मात्र उपाधि चुमेको छ । नेपाली टोलीले तीन वर्ष अगाडि बंगलादेशमा सम्पन्न यु–१५ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यतिबेला नेपालले डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा घरेलु टोली र भुटानलाई पछि पारेको थियो ।
 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM