काठमाडौं । एन्फा यु–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी)ले पहिलो जित हासिल गरेको छ ।
बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको हो ।
एनआरटीको जितमा सुगम रानाले दुई तथा सुनिल घर्तीमगरले एक गोल गरे । आर्मीले सोहित वाइबाको गोलमार्फत अग्रता लिएको थियो ।
आर्मीले पहिलो खेलमा हिमालयन शेर्पालाई ३–१ ले हराएको थियो । दोस्रो खेलमा आर्मी जावलाखेलसँग ३–२ ले पराजित भएको थियो ।
पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ६–० को हार बेहोरेको एनआरटीले दोस्रो खेलमा संकटालाई ३–० ले नतिजा सुम्पिएको थियो ।
दिनको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडे ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM