असार २५, २०८२ बुधबार | १९:४१:०७
श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा

विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित कार्यक्रममा महिला कबड्डी टोली सम्मानित ।

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकको टोली प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक समेत रहेका ओलीले उसु, भलिबल, क्रिकेट र कबड्डीका पदक विजेता टोलीलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा गत वर्षको कार्तिक महिनामा जापान उसु ताइजी महासंघको आयोजनामा सम्पन्न तेस्रो थाउलो विश्वकपमा कांस्य पदक विजेता विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँसहित सम्मान गरियो ।

त्यस्तै फागुनमा इरानमा भएको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल टोलीलाई प्रतिखेलाडी एक लाख ५० हजार रुपैयाँसहित सम्मानित गरियो ।

गत वर्षको असोज महिनामा श्रीलंका भलिबल संघको आयोजनामा भएको सेन्ट्रल एसियन भलिभल एसोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले रजत पदक हासिल गरेको थियो । अर्जुन नेपालीको कप्तानीमा रहेको टोली प्रतिखेलाडी तीन लाख रुपैयाँले सम्मानित भए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित कार्यक्रममा युवा भलिबल टोली सम्मानित ।

यी पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को व्यवस्था बमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।

यसैगरी भर्खरै मलेसियामा सम्पन्न एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा ओलीले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको र आगामी दिनमा नेपालले थप सफलता हासिल गर्दै जाने विश्वास व्यक्त गरे ।

‘हामीले सङ्गठित रुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ । खेलाडी व्यवसायिकरुपमा अगाडि बढेका छन्’, ओलीले भने, ‘म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षकलगायतलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु ।'

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित कार्यक्रममा युवा क्रिकेट टोलीलाई बधाई तथा शुभकामना ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए ।

‘खेलकुदको विकास र खेलाडीको प्रवद्र्धनप्रति सरकार सधैं प्रतिबद्ध छ । हामी खेलकुदलाई राष्ट्रिय प्रतिष्ठाको विषयका रुपमा लिन्छौं र यसको समग्र विकासका लागि निरन्तर प्रयासरत छौं । यसका लागि, हामी खेलाडीलाई आवश्यक पर्ने भौतिक पूर्वाधार, उच्चस्तरीय प्रशिक्षण, पोषण, स्वास्थ्य सेवा र शैक्षिक अवसरहरु प्रदान गर्न कटिबद्ध छौं,’ चौधरीले भने ।
 


भिडियो
Private video
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN