माघ २१, २०८१ सोमबार | ०१:३२:५७
अञ्जिलासम्मिलित अट्रोमिटौको जित सिवाइसी अत्तरिया र डिसिए धनगढीको विजयी सुनसरी च्याम्पियन पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी भारत लगातार दोस्रो पटक च्याम्पियन ग्रेट हिमालयको लगातार दोस्रो जित पुलिसलाई टाइगर कपको उपाधि विभिन्न लिग खेल्ने फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार नेपालको लगातार तेस्रो हार आहा रारा पोखरा गोल्डकपको तयारी पूरा अञ्जिलासम्मिलित अट्रोमिटौको जित सिवाइसी अत्तरिया र डिसिए धनगढीको विजयी सुनसरी च्याम्पियन पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी भारत लगातार दोस्रो पटक च्याम्पियन ग्रेट हिमालयको लगातार दोस्रो जित पुलिसलाई टाइगर कपको उपाधि विभिन्न लिग खेल्ने फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार नेपालको लगातार तेस्रो हार आहा रारा पोखरा गोल्डकपको तयारी पूरा

साहना प्रधान स्मृति हक्की: आर्मीको विजयी सुरुआत

धुलिखेल । छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली आर्मी क्लबले विजयी सुरुआत गरेको छ । 

शनिबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० ले हरायो । धुलिखेल खेल मैदानमा भएको खेलमा आर्मीलाई जित दिलाउन सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले गोल गरे ।

खेलको २१औं मिनेटमा सिमाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । डम्बरा ५०औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।

सरस्वतीले खेलको ५६औं मिनेटमा गोल गर्दै आर्मीलाई३-० को सहज जित दिलाइन् ।  जितसँगै आर्मीले तीन अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत आज नै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १-१ को बराबरी खेलेको छ ।

बराबरीसँगै दुवै टोलीले १/१ अंक जोडेका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार चार खेल हुनेछन् । पहिलो खेलमा आर्मीले बागमती प्रदेश, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशको सामना गर्नेछन् ।

तेस्रो खेलमा गण्डकीले बागमतीको सामना गर्दा अन्तिम खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम आमने सामने हुनेछन् ।  ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’