माघ २०, २०८१ आइतबार | २३:४४:४९
अञ्जिलासम्मिलित अट्रोमिटौको जित सिवाइसी अत्तरिया र डिसिए धनगढीको विजयी सुनसरी च्याम्पियन पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी भारत लगातार दोस्रो पटक च्याम्पियन ग्रेट हिमालयको लगातार दोस्रो जित पुलिसलाई टाइगर कपको उपाधि विभिन्न लिग खेल्ने फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार नेपालको लगातार तेस्रो हार आहा रारा पोखरा गोल्डकपको तयारी पूरा अञ्जिलासम्मिलित अट्रोमिटौको जित सिवाइसी अत्तरिया र डिसिए धनगढीको विजयी सुनसरी च्याम्पियन पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी भारत लगातार दोस्रो पटक च्याम्पियन ग्रेट हिमालयको लगातार दोस्रो जित पुलिसलाई टाइगर कपको उपाधि विभिन्न लिग खेल्ने फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार नेपालको लगातार तेस्रो हार आहा रारा पोखरा गोल्डकपको तयारी पूरा

सिवाइसी अत्तरिया र डिसिए धनगढीको विजयी

डिसिए धनगढी र घोडाघोडी-११ प्रतिस्पर्धा गर्दै ।

धनगढी । अर्जुन ट्रफी राष्ट्रिय ट्वान्टी-२० च्याम्पियनसिपमा आइतबार सिवाइसी अत्तरिया र डिसिए धनगढी विजयी भएका छन् ।

 दिनको पहिलो खेलमा सिवाइसी अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्यो ।

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिवाइसीले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो । बैतडीका लागि हिमाल दौल्यालले ३९, बसन्त खत्रीले २३ र सुमित बडालले १८ रन बनाए ।

सिवाइसी लागि विवेक यादवले ४, साहव आलम र कमल गुप्ताले समान २ तथा दिपेश कँडेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको  सिवाइसीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो ।  सिवाइसीका लागि कप्तान भीम सार्कीले ३३ बलमा ६ चौका र ४ छक्ककाको मद्दतले सर्वाधिक  ७० रनको योगदान गरे । यसैगरी तृपराज दासले ३०, शंकर रानाले २५ र  विवेक यादवले अविजित २५ रन बनाए ।

बैतडीका लागि अमरसिंह रौटेलाले २  र रुपेश सिंहले १ विकेट लिए ।

दिनको दोस्रो खेलमा डिसिए धनगढीले घोडाघोडी-११ लाई ६९ रनले पराजित गर्याे । डिसिए धनगढीले पहिलो खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरासँग हार बेहोरेको थियो ।

डिसिएले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमा ८० रनमै समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ र दीपक टमाटाले १३ रन बनाउनुबाहेक अन्य ब्याटटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डिसिएका लागि ललितनारायण राजवंशीले ३ तथा मिलन बोहोरा र राहुल भण्डारीले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको डिसिएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।  डिसिएका लागि राजु रिजालले ३७, लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले १९ रन बनाए ।

घोडाघोडीका लागि धर्मराज जोशीले ३ र नरेन साउदले २ विकेट लिए ।


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’