काठमाडौं । नेदरल्यानड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालसामू १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १४० रनको योगफल खडा गरेको हो ।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लीडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रनको योगदान गरिन् । त्यस्तै मध्यक्रमकी ब्याटर हेथर सेगर्सले २३ बलमा तीन चौका र एक छक्कासहित २६ रन बनाइन् । यसैगरी ओपनर फेबे मोल्केनबोएर र चौथो नम्बरका ब्याटर रोविन रिकेले समान २१ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एकसमय विशाल लक्ष्यतर्फ अग्रसर देखिएको नेदरल्यान्ड्सलाई कम रनमा रोक्न नेपाली स्पीनर सीता रानामगरले १८औं ओभरमा तीन खेलाडीलाई पेभिलियनको बाटो देखाएकी थिइन् । समग्रमा उनले पाँच विकेट लिइन् ।
त्यस्तै मनिषा उपाध्यायले दुई विकेट हात पार्दा कविता जोशी र कप्तान इन्दु वर्माको नाममा एक विकेट रह्यो ।
नेपाल पहिलो जितको लक्ष्यमा छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन र थाइल्यान्डसँग चार विकेटको हार बेहोरेको थियो ।