काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध ९ विकेटको सहज जित निकाल्दै भातर लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपको च्याम्पियन बनेको छ ।
आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकाले प्रस्तुतको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि अविजित रहेका गोंगडी त्रिशाले ४४ र सानिका चल्केले २६ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका लागि एकमात्र विकेट कायला रेनेकेले लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफत तयार पारेको थियो । मिकी भान वुर्स्टले २३, फे काउलिङले १५ र काराबो मेसोले १० रन बनाए ।
भारतका लागि गोंगडी त्रिशाले ३, वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले समान २ तथा शबनमले १ विकेट लिए ।
यो विश्वकपमा नेपालले पनि सहभागिता जनाएको थियो । पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूह चरणका तीनै खेल गुमाएको थियो । प्लेअफमा भने टाेलीले मलेसियालाई पराजित गरेकाे थियाे ।