विराटनगर। सुनसरी जिल्लाले कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको छ।
प्रदेश खेलकुद विकास बोर्ड (कोशी प्रदेश) को संयोजन तथा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनमा भएको दुई दिने प्रतियोगितामा सुनसरीले ९ स्वर्ण तथा समान २ रजत र कांस्य पदक जित्यो ।
यसैगरी ६ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जितेको मोरङ उपविजेता बन्यो । झापा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदकका साथ तेस्रो स्थानमा रह्यो ।
पुरुषतर्फ मोरङका मन्जित राजवंशी र महिलातर्फ सुनसरीकी एलिजा राई उत्कृष्ट खेलाडी चुनिए । दुवै जनाले ट्रफी र मेडल पाए।
विजेतालाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए।
शनिबार र आइतबार विराटनगर-९, पुरानो गुद्रीमा भएको प्रतियोगिता कोशी प्रदेशका ९ जिल्लाका १३५ खेलाडीको सहभागिता थियो।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
