काठमाडौं । खेलाडी अर्थात सेलेब्रिटी । कम्तिमा राम्रो प्रदर्शन गर्दा । अनि राष्ट्रिय टिम वा अरु कुनै ठूलो टिमलाई प्रतिनिधित्व गरिरहँदा । अझ फुटबल, क्रिकेट, भलिबल, बास्केटबलजस्ता टिम खेलमा त फर्ममा रहेको खेलाडीको स्टारडम थेगिनसक्नु हुन्छ ।
अटोग्राफ लिनेको लाइन, मिडियामा जताततै आफ्नै अनुहार र नाम, व्यावसायिक प्रतिष्ठानहरुबाट प्रायोजनको लहर, आफ्ना प्रत्येक गतिविधिलाई प्रेमपूर्वक पछ्याउने लाखौं प्रशंसक, अनि अरु थुप्रै कुरा एउटा सफल खेलाडीले आफ्नो खेलजीवनमा पाउने कुराहरू हुन् । यही कारण त हो, व्यावसायिक रुपमा निक्कै पछि परेका नेपालजस्ता विकाससिल देशमा पनि युवा पुश्ताले खेलमा आफूलाई पागलझै समर्पित गर्न सकेका !
खेलजीवनमा खेलाडीले भोग्ने यो एउटा पक्ष मात्र हो । जसरी खेलाडी बन्नका लागि आकर्षित गर्ने यस्ता थुप्रै विषयहरु छन्, उसैगरि एउटा खेलाडीले खेलजीवनमा थुप्रै नचाहेका परिस्थितीहरूको पनि सामना गर्नुपर्छ । एकहिसावमा भन्दा खेलाडी भएर जिउन नै कतिपय अवस्थामा कठिन हुन्छ ।
अनिता नेपाली महिला फुटबलकी ‘डेथ बल स्पेशलिस्ट’ हुन् । नेपाल एपिएफकी अनिता सन् २०१४ को साफ च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय जर्सीमा देखिएकी थिइन । त्यसयता उनी राष्ट्रिय टोलीमा नियमित छिन् ।
प्रदर्शनमा अलिकति तल-माथि भयो भने खेलाडीले मैदान बाहिर अत्यासलाग्दो अवस्थाको सामना गर्नुपर्न सक्छ । खेल जित्दा वाहवाही, अनि हार्दा मनोबलनै गिर्ने गरि हुने गालीगलोज र आलोचना खेल जीवनका सामान्य पक्ष हुन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी विंगर अनिता बस्नेतले दशक लामो आफ्नो करिअरमा यस्ता सबै खाले परिस्थितीहरू आत्मसात गरिसकेकी छन् ।
अनिता नेपाली महिला फुटबलकी ‘डेड बल स्पेशलिस्ट’ हुन् । नेपाल एपिएफकी अनिता सन् २०१४ को साफ च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय जर्सीमा देखिएकी थिइन । त्यसयता उनी राष्ट्रिय टोलीमा नियमित छिन् । एपिएफ होस वा राष्ट्रिय टिमका लागि मैदान उत्रिँदा टोलीले सेटपीसको अवसर पायो की बल बोकेर अघि लाग्ने नाम हो अनिता । किनकी सेटपिसमा दुवै टिमले सबभन्दा बढि भर उनैमाथि गर्ने गरेको छ ।
राष्ट्रिय टिमबाट खेल्न थालेको ११ औं वर्ष चलिरहँदा अनिताको नाममा ८ अन्तर्राष्ट्रिय गोल पुगिसकेको छ । त्यसमध्ये वाफ च्याम्पियनसिपमा उनले कर्नरबाट गरेको गोल सबभन्दा चर्चित छ । अनिताका गोलको चर्चा गर्दा मात्र होइन, समग्र फुटबलकै स्मरण गर्न खोज्दा पनि त्यो गोल विर्सन सकिन्न । कर्नरबाट उनले गरेको कर्भ प्रहार सोझै विपक्षी गोलकिपर र रक्षापंक्तिलाई कुनै भेउ नै नदिई पोष्टभित्र छिर्दाको दूर्लभ दृष्य विश्व फुटबलमै दूर्लभै देखिने खालको थियो ।
कर्भ शैलीको प्रहार अनिताको विशेषता हो । त्यसदिन पनि अनिताले प्राप्त कर्नरमा सेकेन्ड बार लक्षित कर्भ प्रहार गरिन् । उनको बल यसरी घुम्यो कि अविश्वसनीय रुपमा सिधै गोलमा परिणत हुन पुग्यो ।
त्यही गोलले हो, अनिताको चम्किलो करिअरलाई थप टल्काएको ! सुनमा सुगन्ध भनेझै !
गतवर्ष फेब्रुअरी २० को दिन साउदी अरबियाको किङ अब्दुल्ला स्पोर्टस सिटी रिजर्भ रंगशालामा नेपाल र सिरियाबीच खेल चलिरहेको थियो । पश्चिम एसियाली फुटबल महासंघ (वाफ) च्याम्पियनसिपको आठौं संस्करणअन्तर्गत आमन्त्रित टोली नेपालले खेल्दै गरेको त्यो पहिलो खेल थियो । खेलको नवौं मिनेटमै अमिषा कार्कीको गोलमार्फत नेपालले अग्रता लिएको थियो । तीन मिनेटपछि अनिताले कर्नरमा कालजयी गोल गरिन् । जसले उनलाई वाफ च्याम्पियनसिप र नेपाली फुटबल इतिहासमै सधैका लागि अमर बनायो ।
कर्भ शैलीको प्रहार अनिताको विशेषता हो । त्यसदिन पनि अनिताले प्राप्त कर्नरमा सेकेन्ड बार लक्षित कर्भ प्रहार गरिन् । उनको बल यसरी घुम्यो कि अविश्वसनीय रुपमा सिधै गोलमा परिणत हुन पुग्यो । नेपालले अन्त्यमा खेल ४-१ ले आफ्नो पक्षमा पार्यो ।
नेपाली फुटबलमा कर्नरबाट गोल गर्ने अनिता पहिलो महिला खेलाडी हुन् । अनि समग्रमा दोस्रो । यसअघि १९८८ मा धिरेन्द्र प्रधानले ओलम्पिक छनोट खेलमा पाकिस्तानविरुद्ध यस्तै दूर्लभ सफलता हासिल गरेका थिए ।
अनिताको त्यो गोल साँच्चै लोभलाग्दो थियो । त्यसैले सञ्चारमाध्यममा यसले ठूलै स्थान पायो । सबै समाचारका विश्लेषणमा यो कर्नर गोलको चर्चा भयो । सामाजिक सञ्जाल अनिताको तारिफमा केही दिन व्यस्त रहे । तर, यो चर्चा र वाहवाही कतिञ्जेलसम्म ?
कहिले घाम कहिले छायाँ भनेजस्तै वाहवाही र आलोचनाका शृंखलाहरु भोगिरहनुपर्ने ! दशकभन्दा लामो करियरले अनितालाई यो कुरा राम्ररी बुझाइसकेको छ ।
यसलाई नेपाली फुटबलको नमेटिने प्रवृत्ति नै भन्दा हुन्छ । उमेर ३० वर्ष के कट्नुपर्छ, खेलाडीको उपस्थिती समर्थकलाई समेत बिझ्न थाल्छ । सबैले प्रश्न गर्न थाल्छन् । महिलाको हकमा यो कुरा झन् बढि लागु हुन्छ । अनिता पनि यो परम्पराको अपवाद बन्न सकिनन् । नेपाली फुटबललाई लामो समय गरेको योगदान र औसतभन्दा माथिकै प्रदर्शनले पनि आलोचनाका तिखा सुइराहररूलाई रोक्न सकेनन् ।
गत सेप्टेम्बरमा एन्फा राष्ट्रिय लिग २०२४/२५ को पहिलो चरण सम्पन्न भएको थियो । लगत्तै अक्टोबरको तेस्रो साता नेपालले साफ च्याम्पियनसिपको सातौं संस्करणको आयोजना गरेको थियो । लिगमा गरिएको प्रदर्शनकै आधारमा साफ च्याम्पियनसिप खेल्ने अन्तिम टोली निर्माण गरियो । अनिता आफ्नो पाँचौं साफ च्याम्पियनसिप खेल्दै थिइन् ।
एपिएफकी कप्तान अनिताको प्रदर्शन लिगको पहिलो चरणमा त्यस्तो खास रहेन । यही कारण साफ च्याम्पियनसिपअघि उनको केही आलोचना भइरहेको थियो । फाइनलमा नेपालले फेरि एकपटक बंगलोदशसँग निराश हुनुपर्यो । अनिताका लागि साफ च्याम्पियनसिपको फाइनलमा यो चौथो हार थियो । उपाधिको यति नजिक पुगेर पनि ट्रफी चुम्न नपाउँदा उनी भावविह्वल थिइन् । यो पोलेको घाउमा मल्हम लगाउनुपर्ने नेपाली समर्थकले झन हारको कारणका रुपमा प्रस्तुत गरेर उल्टो नुन छर्किदियो ।
केही महिनाअघि मात्र आलोचनाको सिकार बनेकी उनै अनिताले आफ्नै नेतृत्वमा एपिएफलाई च्याम्पियन बनाइन् । उनले सुपर स्टेज नाम दिइएको दोस्रो चरणमा १ ह्याट्रिकसहित ४ गोल गरिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ७६औं मिनेटमा अनिताले अमिषा कार्कीलाई प्रतिस्थापन गरेकी थिइन् । खेल १-१ को बराबरीमा चलिरहेको थियो । नेपालका लागि गोल गर्ने खेलाडी अमिषा नै थिइन् । समर्थकहरूले अमिषालाई किन निकालेको भन्दै हल्ला गरिरहेका बेला बंगलादेशकी विंगर रितु पोर्ना चक्माले करिब १५ हजार घरेलु दर्शकलाई शान्त पार्ने गरि विजयी गोल ठोकिन ।
अनिता मैदान भित्र छिरेको ५ मिनेट पनि भएको थिएन । समसुनुहार सिनियरको थ्रो इनमा अनिता शर्तक रहन सकिनन् । जसको फाइदा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएकी रितु पोर्नाले लिइन् र दर्शनीय गोलमा बंगलादेशलाई च्याम्पियन बनाइन् । यही कारण अनिता केही समय आलोचनाको केन्द्रमा रहिन् ।
त्यसको २ वर्षअघि काठमाडौंमै भएको छैटौं संस्करणमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । त्यतिबेला अनिताकै गोलमा नेपालले खेलमा फर्किने प्रयास गरेको थियो । नियतिको बिडम्बना ! आखिर खेलाडीको जीवन भनेकै यहि त हो । कहिले घाम कहिले छायाँ भनेजस्तै वाहवाही र आलोचनाका शृंखलाहरु भोगिरहनुपर्ने ! दशकभन्दा लामो करियरले अनितालाई यो कुरा राम्ररी बुझाइसकेको छ ।
साफ च्याम्पियनसिप सकिएको २ महिनापछि लिगको दोस्रो चरण सुरु भयो । अनिताको प्रदर्शन फेरि पहिलाजस्तै सनसनीपूर्ण हुन थाल्यो । अर्कै अनिता बस्नेत आएजस्तो ! उही पुरानी अनिता बस्नेतजस्तो ! फुटबलसँग निक्कै रमाइरहे जस्ती थिइन, अनिता । केही महिनाअघि मात्र आलोचनाको सिकार बनेकी उनै अनिताले आफ्नै नेतृत्वमा एपिएफलाई च्याम्पियन बनाइन् । उनले सुपर स्टेज नाम दिइएको दोस्रो चरणमा १ ह्याट्रिकसहित ४ गोल गरिन् । विभागीय डर्बीमा नेपाल पुलिसविरुद्ध तीन गोल गरेकी अनिता दोस्रो चरणकै हाइलाइटेड खेलाडी थिइन् ।
आफ्नो यो फरक स्वरुपका बारेमा अनिता यसो भन्छिन्, ‘पहिलो चरणमा मैले स्वभाविक खेल प्रस्तुत गर्न सकिन । मिहिनेत त गरेकै थिएँ । तर, आस गरेअनुसारको खेल भएन । दोस्रो चरणमा मलाई प्रमाणित गर्नुपर्छ भन्ने चुनौती थियो । यसका लागि मैले आफूलाई तयार पार्न पर्याप्त समय पनि पाएँ । आगामी दिनमा थप मिहिनेत गर्दै जानेछु ।’
अनिताले आफूलाई प्रमाणित गरिन् । मिहिनेतको प्रतिफलले आलोचनालाई गतिलै जवाफ दिइन् । सायद खेलाडीमा हुनुपर्ने गुण पनि यही नै हो । अनिता मात्र नभई उनका उमेरका सबै खेलाडीमाथि नै प्रश्न उठिरहेको थियो । यस्तो अवस्थालाई अनिता जस्तो खेलाडीले कसरी पार लगाइन् त ?
‘मानसिक यातना नै हुने गरि आलोचनाहरु भइरहेको थियो । एकदमै दबाब थियो । तर, मैले यसलाई अनौठो रुपमा लिइन,’ पत्रकारहरुसँग अनिताको प्रस्तुती थियो, ‘मैले यस्ता कुराहरुलाई जहिल्यै सहज रुपमा लिइरहेको हुन्छु । गाह्रो रुपमा लिएको भए म आज तपाइँहरुको अगाडि यसरी आत्मविश्वासी भएर बोल्न सक्दिन थिएँ होला ।’
एपिएफमा अहिले जस्तै त्योबेला पनि राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य थियो । पहिलो रोजाइबाट खेल्ने मौका बनाउन निकै प्रयास गरिन् । अन्तत उनले एपिएफको पहिलो रोजाइको खेलाडी बन्ने अभियानमा सफलता हासिल गरिन् ।
तेह्रथुमको सन्दुमा जन्मिएकी अनितालाई सानोमा खेल्न सजिलो थिएन । परिवारको स्वीकृति पाउनै महाभारत हुन्थ्यो । तर, पनि उनले हार खाइनन् । खेल्न कहिल्यै छाडिनन् । बाआमाको आज्ञाविना भागेरै खेल्न जान्थिन् । जिल्लामा औंलामा गन्न सकिने महिला खेलाडी थिए । यस्तो अवस्थामा नेपालका अधिकांश महिला खेलाडीले जस्तै अनिताले पनि दाजुभाइहरूसँगै खेलेर फुटबलको सुरुआत गरेकी थिइन् ।
विस्तारै तेह्रथुम महिला खेलमैत्री हुँदै गयो । अनितालाई केही सजिलो हुँदै गयो । माध्यमिक तह ( तत्कालिन एसएलसी) आउँनै लाग्दा घरबाट भागेर फुटबल खेल्न पुगिन् । हात भाँचियो । २०६८ सालमा पूर्वाञ्चलबाट छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलिन् । छैटौं राष्ट्रिय खेलकुदपछि विभागीय टोली एपिएफ क्लबले उनलाई करारमा राख्ने भयो । त्यसपछि अनिताको व्यावसायिक फुटबल अघि बढेको थियो ।
एपिएफमा अहिले जस्तै त्योबेला पनि राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य थियो । पहिलो रोजाइबाट खेल्ने मौका बनाउन निकै प्रयास गरिन् । अन्तत उनले एपिएफको पहिलो रोजाइको खेलाडी बन्ने अभियानमा सफलता हासिल गरिन् । त्योबेला एपिएफको पहिलो रोजाईको खेलाडी हुनु भनेको राष्ट्रिय टिमको ढोका खोल्नुझै थियो । त्यसपछि अनिताले फुटबल करियरमा पछाडि फर्केर हेर्नु परेको छैन ।
पाकिस्तानमा सम्पन्न साफ च्याम्पियनसिप २०१४ यता भारतमा आयोजना भएको सन् २०१६ र नेपालमै लगातार आयोजना भएको सन् २०१९ र २०२२ का संस्करणमा उनले नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । दक्षिण एसियाली खेलकुद (साग) मा समेत नेपालको प्रतिनिधित्व गरेकी छन् । यसबाहेक ओलम्पिक छनोट, एसिया कप छनोट, नादेझ्दा कप, हिरो गोल्डकप र वाफ च्याम्पियनसिपमा पनि उनले नेपालको जर्सी लगाएकी छन् । नेपालमा मात्रै हैन भारतको लिगसमेत खेलेकी छन् । २ सिजन सेथु एफसीबाट खेल्दा उनले १ पटक सेथुलाई आई लिग च्याम्पियन बनाइन् । यस्तै, माल्दिभ्स पुलिसलाई माल्दिभ्समा फुटसल उपाधि जिताएको अनुभव पनि उनीसँग छ ।
काठमाडौंमै फागुनको पहिलो साता लेबनान, म्यानमार र किर्गिस्तान सम्मिलित फोर नेसन्स कपको लागि घोषित प्रारम्भिक नेपाली टिममा अनिता परेकी छन् । जसका लागि उनी पूर्ण रुपमा तयार छिन् । भन्छिन्, ‘यो प्रतियोगिताका लागि म डबल मिहिनेत गर्छु । मलाई व्यक्तिगत प्रदर्शनको मतलब छैन, मेरो लक्ष्य भनेको उपाधि जित्नु हो । फेरि एकपटक उच्च प्रदर्शनमार्फत राष्ट्रिय गौरवको माध्यम बन्न चाहन्छु ।’