माघ २०, २०८१ आइतबार | १८:४३:५३
भारत लगातार दोस्रो पटक च्याम्पियन ग्रेट हिमालयको लगातार दोस्रो जित पुलिसलाई टाइगर कपको उपाधि विभिन्न लिग खेल्ने फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार नेपालको लगातार तेस्रो हार आहा रारा पोखरा गोल्डकपको तयारी पूरा नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य रोमाञ्चक जित निकाल्दै आयोजक टाेली च्याम्पियन नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल सान्तोष फर्किए नेयमार भारत लगातार दोस्रो पटक च्याम्पियन ग्रेट हिमालयको लगातार दोस्रो जित पुलिसलाई टाइगर कपको उपाधि विभिन्न लिग खेल्ने फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार नेपालको लगातार तेस्रो हार आहा रारा पोखरा गोल्डकपको तयारी पूरा नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य रोमाञ्चक जित निकाल्दै आयोजक टाेली च्याम्पियन नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल सान्तोष फर्किए नेयमार

आहा रारा पोखरा गोल्डकपको तयारी पूरा

पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको तयारी पूरा भएको छ । आयोजक सहारा क्लबले पोखराले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गरायो ।

माघ २२ गतेदेखि फागुन ३ गते सम्म हुने प्रतियोगिताको २४औं संस्करणमा तीन विदेशीसहित १२ टोलीले सहभागिता जानाउने आयोजक संघका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको संरक्षकका रुपमा पोखरा उपमहानगरपालिका रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउकै निरन्तरता रहने छ ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका त्रिभुवन आर्मी फुटबल, थ्री स्टार, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब र नेपाल पुलिस क्लबले सहभागिता जनाउने छन् । आयोजक सहारा क्लब, विभागीय टोली एपिएफ, बिग्रेड ब्वाइज युके, भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्यक बुल एफसीले पनि प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्नेछन् ।

प्रतियोगितामा पहेंलो कार्ड बापत १ हजार, दोहोरो पहेंलो (रातो) कार्डको २ हजार र सीधै रातो कार्ड ३ हजार तिर्नुपर्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताका लागि प्रिक्वार्टर र क्वार्टरफाइनलमा साधारणतर्फ १०० र भिआइपीतर्फ २०० रुपैयाँ तोकिएको छ । यसैगरी सेमिफाइनका लागि २०० र ४०० तथा फाइनलका लागि ३०० र ५०० रुपैयाँ टिकट दर कायम गरिएको छ ।

प्रतियोगितामा १ करोड ४२ लाख २० हजार रुपैयाँ खर्च हुने तथा १ करोड ५ लाख आम्दानी हुने अनुमान छ । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका बालिकको लागि खर्च गरिनेछ ।

 


भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’