एभरटनले रेलिगेसनको दबाबमा रहेको लेस्टर सिटीलाई हराएपछि लगभग तय जस्तै भएको छ, एभरटन आपैm रेलिगेसनमा पर्ने छैन् । गुडिसन पार्कमा भएको खेलमा एभरटनको जित अन्तर रह्यो, ४-० । त्यसमध्ये सुरुका दुई गोल छ मिनेट भित्र सम्भव भइसकेको थियो ।
यो जितपछि उसको २६ अंक भएको छ । र, १५ औं स्थानमा उक्लेको छ । यो रेलिगेसन क्षेत्रकबाट नौ अंक अगाडि हो । सिजनको सुरुमा भनिएको थियो, यसपल्ट रेलिगेसनमा पर्ने टिममध्ये एक हुनेछ, एभरटन । लिगले लगभग आधा भाग छुँदा एभरटन समस्यामै देखिएको थियो ।
तर टिमको प्रशिक्षकमा डेविड मोयस के आए, एभरटनको प्रदर्शन राम्रो हुन थालेको हो । यसअघि पनि मोयस एभरटनकै प्रशिक्षक थिए, म्यानचेस्टर युनाइटेड जान यो क्लब छाडेका थिए । जति बेला मोयस थिए, एभरटन बलियो टिम थियो, कम्तीमा शीर्ष चारका लागि चुनौती दिन सक्ने खालको थियो ।
एभरटन छाडेपछिका दिन मोयसका लागि पनि राम्रो रहेन् । युनाइटेडबाटै वर्खास्तीमा परे । अहिले उनी फेरि आफ्नो पुरानो घरमा फर्केका छन् । गुडसन पार्क आएयता उनको पहिलो भनाइ थियो, ‘म कोही जादुगर होइन् ।’ त्यसको अर्थ के भन्दा उनी आउँदैमा एभरटनले राम्रो खेल्नु पर्छ भन्ने हुन्न ।
तर मोयस के आए, एभरटनमा जादु छाएकै छ । खासमा अहिलेको एभरटन टिम आफैमा कमजोर छैन् । खेलाडी पनि उत्तिकै एकसेएकका छन् । खालि उनीहरूमा आत्मविश्वास मात्रै नभएको हो । लेस्टरविरुद्धको खेलपछि यिनै खेलाडी असाध्यै उत्साहित देखिएका छन् ।
यही त हो जादु भनेको पनि ।