काठमाडौं । पूर्व फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन भएको छ ।
शनिबार गठन भएको समितिको उपाध्यक्षमा इन्दु रसाईली, संगिता राउत र पारस चौधरी, महासचिव मधुसुदन खनाल र कोषाध्यक्ष कुमार महर्जन चयन भए ।
यसैगरी सदस्यमा दिपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश बस्नेत, दर्शनराज लवटश्रेष्ठ र सुरेन्द्र तामाङ चुनिए ।
फुटबलर्स मिसन टुगेदरका अध्यक्ष अशोकरत्न बज्राचार्यले नवगठित समितिका पदाधिकारी तथा सदस्यलाई प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व केन्द्रीय सदस्य वसन्त अर्याल, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, विराट गोल्ड कप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँ, फुटटबलर्स टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, एन्फा उपाध्यक्ष तथा फुटटबलर्स टुगेदरका सहकोषाध्यक्ष विराटजंग शाही, राष्ट्रिय फुटबल टोलीका पूर्व व्यपस्थापक मधुसुदन उपाध्याय लगायतको उपस्थिति थियो ।