काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले १ इनिङ २४२ रनको सानदार जित दर्ता गरेको छ ।
जितसँगै अस्ट्रेलियाले २ खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट बिहीबारदेखि सुरु हुनेछ ।
गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंका दोस्रो इनिङमा २४७ रनमै समेटिएपछि अस्ट्रेलिया फेरि ब्याटिङमा आउनै परेन ।
फलो अनमा परेको श्रीलंकका लागि जेफ्री भान्डरसेले ४७ बलमा ७ चौका र २ छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी एन्जेलो म्याथ्युजले ४१, कप्तान धनन्जय डी सिल्भाले ३९, कुशल मेन्डिसले ३४, कामिन्दु मेन्डिसले ३२ र दिनेश चन्डिमालले ३१ रन बनाए ।
अस्ट्रेलियाका लागि म्याथ्यु पल कुह्नेम्यान र नाथन लायनले समान ४ तथा मिचेल स्टार्च र टोड मर्फीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ६५४-६ को स्थितीमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो ।
अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले ३५२ बलमा १६ चौका र १ छक्काको मद्दतले सर्वाधिक २३२ रनको योगदान गरे ।
यसैगरी कप्तान स्टिभ स्मिथले २५१ बलमा १४१, जोश इङ्लिसले ९४ बलमा १०२, ट्रभिस हेडले ४० बलमा ५७, एलेक्स केरीले अविजित ४६, ब्यु वेबस्टरले २३, मार्नुस लाबुसेनले २० र मिचेल स्टार्चले अविजित १९ रन बनाए ।
श्रीलंकाका लागि जेफ्री भान्डरसे र प्रभाव जयसूर्याले समान ३ विकेट लिए ।
पहिलो इनिङमा १६५ रनमै समेटिएपछि श्रीलंका फलो अनमा परेको थियो ।