काठमाडौं । शीर्ष क्रमका ब्याटर नचल्दा महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले थाइल्याण्डविरुद्ध १०२ रनको कमजारे लक्ष्य प्रस्तुत गरेको छ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १०१ रनको योगफल खडा गर्यो ।
नेपालका लागि मध्यक्रमका ब्याटरद्धय कविता कुंवर र विन्दु रावलले समान २५ रनको योगदान गरे । त्यस्तै तेस्रो नम्बरमा आएका इन्दु वर्माले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
थाइन्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै फानिता माया र नटया बूचाथामले समान दुई विकेट लिँदा एक विकेट चनाइदा सुथिरुवाङको नाममा रह्यो ।
भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE