काठमाडौं । अब त लिभरपुललाई इङ्लिस प्रिमियर लिगको उपाधि जित्नबाट रोक्न गाह्रै हुनेछ, किनभने यो मर्सिसाइड क्लबले रोकिने कुनै छाँट नै देखाएको छैन । यस्तै एउटा जित बर्नमाउथविरुद्ध पनि रह्यो । शनिबारको खेलमा लिभरपुल यो बलियो प्रतिद्वन्द्वीीवरुद्ध २-० ले विजयी रह्यो ।
लिभरपुलका लागि उपाधि होडमा यो निकै ठूलो जित हो, किनभने बर्नमाउथ त्यही टिम हो, जसले यस सिजन अन्य ठूला क्लबलाई पराजित गरेको छ । यो जितपछि लिभरपुलले लिग तालिकाको शीर्षमा ९ अंकको ठोस अग्रता पनि लिएको छ ।
बर्नमाउथको घरमै भएको खेलमा लिभरपुलका लागि दुवै गोल गर्ने खेलाडी थिए, मोहमद सलाह । कुरा लिभरपुलको जित र सलाहका ती २ गोलमा टुंगिन्न । यिनै दुई गोलको मदतले सलाह प्रिमियर लिग इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी सूचीको छैटौं स्थानमा पुगेका छन् ।
सलाहले यसक्रमा चेल्सी लिजेन्ड फ्रायन्क लाम्पार्डलाई उछिनेका हुन् । लिगमा प्रिमियर सलाहको गोल संख्या पुगेको छ, १७८ । अब एक क्षण प्रिमियर लिगको त्यही सूचीमा जाऔं । यसमा सबैभन्दा अगाडि छन्, एलान सिएरर ।
उनले २१३ गोल गरेका छन् । त्यसपछि आउँछन्, ह्यारी केन । उनको नाममा छ, २०८ गोल गरे । एन्ड्रयु कोलले १८७ गोल गरेका छन् र तेस्रो स्थानमा छन् । पाँचौमा रहेका सर्जियो एगुरोले भने १८४ गोल गरेका छन् । अब सलाहले उछिन्ने भनेको यिनै एगुरोलाई हो ।
सलाह आपैm के भन्छन् त ? बर्नमाउथविरुद्धको खेलपछि उनले भनेका छन्, ‘गोल गरेपछि त खुसी हुने भयो नै । त्यो भन्दा ठूलो टिमको जित पनि हो । यससँगै यसपल्ट हाम्रो एक मात्र उद्देश्य रहेको छ, प्रिमियर लिग उपाधि जित्ने । हामीले यही लय कायम राख्नु पर्छ ।’