असार ८, २०८२ आइतबार | ०८:०८:३८
डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो

रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि

काठमाडौं । सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो गल्फर रामे मगरको टोलीले जितेको छ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार सम्पन्न खेलमा रामेको टाेलीले १२४ अंक जोड्यो । एमेच्योर गल्फर सत्यजंग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरे ।

प्रो भुवन नगरकोटीको टोलीले ११७ अंकसहित दोस्रो स्थानमा रह्यो । टोलीका लागि  एमेच्योर खेलाडी रविन्द्रपुरूष ढकाल, मुक्तिसेन गुरुङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए ।

यस्तै प्रो रमेश अधिकारीको टोलीले ११४ अंक जोडेर तेस्रो स्थान हासिल गर्यो । एमेच्योर खेलाडी स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बुलामाले ३८ र स्वदेश गुरुङले ३७ स्कोर गरे।

महिलातर्फ अञ्जली योञ्जनले ३९ अंकसहित तारा कार्की चित्रकारलाई काउन्ट ब्याकमा हराउँदै उपाधि जितिन् ।

यसैगरी झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बुलामाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । प्रो-एममा ९० एमेच्योर गल्फरको सहभागिता थियो।

विजेतालाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे।

शुक्रबार सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि प्रो शुक्रबहादुर राईले कोर्स रेकर्ड सहित जितेका थिए ।  


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team