वैशाख २७, २०८२ शनिबार | १०:१५:०७
आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित

प्रथम ठमेल टुरिजम भेट्रान्स कप असोज दोस्रो सातादेखि

काठमाडौं । प्रथम ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोज दोस्रो सातादेखि सुरु हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा असोज नौ देखि ११ गतेसम्म हुने प्रतियोगितामा २० टिमको सहभागिता रहने कार्यक्रम संयोजक प्रसयराज भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको लागि काठमाडौं, पोखरा र धरान गरि तीन ठाँउमा आमन्त्रण पठाएको आयोजकले जनाए । प्रतियोगितामा आयोजकबाट ठमेल इस्ट र ठमेल वेस्ट गरी दुई टिम सहभागी हुनेछन् ।  

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै संयोजक भण्डारीले खेलकुदले सबैलाई समेट्ने भएकाले यस प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।

‘नेपालमा फुटबलको क्रेज धेरै छ । त्यसैले यस प्रतियोगिताले पर्यटन विकासमा पनि मदत गर्ने विश्वास लिएका छौ,’ उनले भने, ‘वर्तमान अध्यक्षको कार्यकालमा पहिलो पटक य्प प्रतियोगिता हुन लागेको हो । आशा छ, यो प्रतियोगिता रनिङ शिल्डको रुपमा विकास हुनेछ ।’

राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान राकेश श्रेष्ठले भेट्रान भइसकेपछि पनि फुटबलमा आबद्ध हुन पाउँदा खुशी लागेको बताए ।

नकआउट पद्दतिमा हुने प्रतियोगिता सेभेन ‘ए’ साइडको हुनेछ । प्रत्येक टिममा एकजना ४० वर्ष र ५० वर्ष पूरा भएको खेलाडी हुनै पर्ने आयोजकले जानकारी दिए ।

प्रतियोगिताको विजेताले दुई र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । तीन दिनसम्म चल्ने प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान १० हजार रुपैयाँ पाउनेछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP