असार ६, २०८२ शुक्रबार | १०:३९:००
पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित लगातार दोस्रो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो, नेदरल्यान्ड्स ६ विकेटले पराजित थ्री स्टार रेलिगेसनमा, एन्फा नेतृत्व नै दोषी भएको दाबी नेदरल्यान्ड्सले दियो नेपाललाई १७५ रनको लक्ष्य ट्वान्टी-२० अन्तर्राष्ट्रियमा भीम सार्कीको डेब्यू विधेयक पास भए खेलकुद धरासायी हुन्छः एनओसी अध्यक्ष श्रेष्ठ नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित लगातार दोस्रो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो, नेदरल्यान्ड्स ६ विकेटले पराजित थ्री स्टार रेलिगेसनमा, एन्फा नेतृत्व नै दोषी भएको दाबी नेदरल्यान्ड्सले दियो नेपाललाई १७५ रनको लक्ष्य ट्वान्टी-२० अन्तर्राष्ट्रियमा भीम सार्कीको डेब्यू विधेयक पास भए खेलकुद धरासायी हुन्छः एनओसी अध्यक्ष श्रेष्ठ नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

‘सोचेझैँ फुटबल रैनछ...’

काठमाडौं । ‘हामी त फुटबलको मायाले लागेको, यहाँ त राजनीतिमात्र हुँदो रहेछ । बाहिर मिडियामा देखेजस्तो होइन रहेछ, हामीजस्ताले रहर गर्नुको अर्थ रहेनछ,’ सहिद स्मारक सी डिभिजन लिग सोमबार अचानक स्थगित भएपछि रानीबन स्पोर्टस क्लबका अध्यक्ष ध्रुवबहादुर रोकायाले दुःख पोखे ।

सुदूरपश्चिम प्रदेशको दूर्गम जिल्ला बाजुराको टोली रानीबन नेपाली फुटबलको आकर्षक गहना हो । मक्किएको प्रशासनका कारण कुरुप बनेको नेपाली फुटबललाई सुन्दर बनाउँदै यसै वर्ष असोजमा काठमाडौंमा सम्पन्न छनोट प्रतियोगिता पार गर्दै बाजुराको टोलीले ‘सी’ डिभिजनको हैसियत हासिल गरेको थियो ।

डिभिजन लिगको हैसियत पाएपछि पहिलो पटक लिग खेल्न टोली बिहीबार काठमाडौं आइपुगेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोली मंगलबारबाट गर्ने घोषणा गरेको लिग खेल्न टोली धनगढीबाट २६ घण्टाको सडकयात्रा गरेर बिहीबार आइपुगेको हो ।

सुदूरपश्चिमको विभिन्न भागका खेलाडी भएकाले सबैलाई पायक परोस भनेर क्लबले धनगढीमा ‘सी’ डिभिजन लिगको तयारी सिविर राखेको थियो । नत्र बाजुराबाटै आउनुपरेको भए टोलीले कम्तिमा ३५ घन्टाको यात्रा गर्नुपर्थ्यो ।

लामो यात्रा गरेर आएको ३० सदस्यीय सुदूरपश्चिमको टोली काठमाडौं भोटेबहालको एउटा होटलमा बसेको छ । आर्थिक रुपमा कुनै स्रोत नभएका कारण संघर्ष गरिरहनुपर्दा लिग स्थगित भएपछि आर्थिक संकट थप गहिरिएको क्लबका अध्यक्ष रोकाया बताउँछन् ।

‘खेल हुने भनेर उति टाढा देखि आयौं । अन्तिम समयमा सारिदियो । अब खेल नै सरेपछि ऋण अझै थपिने भयो,’ रोकायाले खेलाडीसँग निराशा पोखे, ‘बरु पहिल्यै थाहा पाउन सकेको भए उतै बस्थ्यौं । धनगढीमा हाम्रो बाजुराका मानिसहरुको घर पनि छ । त्यहीँ बस्न पाइन्थ्यो । अब यो महंगो काठमाडौंमा हामीले थप १० दिन कसरी कटाउने होला ?’

नेपाली फुटबल टाढाबाट हेर्दा निक्कै आकर्षक र लोभलाग्दो देखिए पनि नजिक आउँदा राजनीति र आपसी खिचातानीवाहेक केही नभेटिएको उनको अनुभव छ । फुटबलकै मायाले बाजुरादेखि आफैले खर्च जुटाएर काठमाडौंसम्म आइपुगेको बताउँने उनी यही पाराले नेपाली फुटबल अगाडि नबढ्ने निश्कर्षमा पुगिसकेका छन् ।

‘बाजुरादेखि फुटबलको मायाले पो यहाँसम्म आइपुगेको हो । यहाँ आएपछि त के देखियो के । ठूला व्यावसायिक कम्पनीहरुको साथ रहेका ‘ए’ र ‘बी’ डिभिजनका क्लबहर पनि ऋणमा छन् रे । हामी त दूर्गमबाट आएका, विवादका कारण स्थगित भएको १० दिन कसरी व्यवस्थापन गर्ने भन्ने टाउको दुखाई छ,’ रोकायाले नवलपरासीको कोइलापानी पोलस्टार क्लब शीर्ष डिभिजनमा बढुवा भएर लिग खेल्न आउँदा खर्च धान्न नसकेपछि चन्दा उठाएर काठमाडौंमा बस्नुपरेको प्रशंग स्मरण गरे, ‘पहिला नवलपरासीको एउटा टिम आएर खेल्न खोज्दा ‘नसकेर फर्किनुपर्यो रे । त्यसपछि कहिल्यै आएन रे’ भन्ने सुनेको थियौं । यो फुटबल त्यस्तै रहेछ । यहाँ बाहिरका टोलीलाई सजिलो छैन ।’

क्लबका पदाधिकारीहरुले आफ्नै खर्चमा टोलीलाई गत भदौ÷असोजमा छनोट प्रतियोगिता खेलाएको र अहिले लिग खेल्न ल्याएको उनले जानकारी गराए । उनका अनुसार जिल्लाका केही जनप्रतिनिधि तथा दाताहरुले गरेको सहयोगले थोरै भए पनि राहत मिलेको छ ।

‘सी’ डिभिजन लिग खेल्नका लागि क्लबले कतिको बजेट बनाएको छ ? भनेर सोध्दा उनले जवाफ दिए, ‘हामीले सबै व्यक्तिगत खर्चमा आएको कति सकियो भन्ने हिसाव छैन । बजेटको कुरा गर्यो भने टाउको दुख्छ । अझ लिग सारेर एन्फाले टाउको दुखाई थपिदिएको छ । यसको क्षतिपूर्ति कहीँबाट हुने होइन । ऋणमा दुई÷तीन लाख रुपैयाँ थपिने भयो । हामी बाहिरका फुटबलप्रेमीका  लागि इच्छा भएर पनि मन मर्ने अवस्था भयो ।’

आसन्न सी डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने १४ मध्ये पाँच टिम मोफसलका छन् । आरसी ३२ फुटबल एकेडेमी, स्पोर्ट्स एकेडेमी साँगा, रानीबन स्पोर्ट्स क्लब, झापा फुटबल क्लब र वीरगञ्ज युथ एकेडेमी राजधानी बाहिरबाट लिग खेल्न काठमाडौं आएका हुन् ।


भिडियो
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll