काठमाडौं । एनबिएम पोखरा गल्र्स एफसीमाथि ६-१ को सानदार जित हासिल गर्दै संकटा क्ल्ब एन्फा राष्ट्रिय महिला लिगका लागि छनोट भएको छ ।
छनोट प्रतियोगिताको समूह ‘बी’मा रहेको संकटाको यो लगातार पाँचौं जित हो । जितसँगै समूहको शीर्ष स्थानमा रहँदै संकटा राष्ट्रिय लिगका लागि छनोट हुने पहिलो टोली बनेको हो ।
संकटाको जितमा स्ट्राइकर पूर्णिमा राईले ह्याट्रिक गोल गरिन् । त्यस्तै अट्याकिङ मिडफिल्डर सेनु परियारको नाममा दुई गोल रह्यो । एक गोल संकटाले आत्मघाती उपहार प्राप्त गर्यो ।
छनोट प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि प्रत्येक समूहको शीर्ष दुईमा अटाउने टोली राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ ।
संकटाले आफ्नो अन्तिम खेलमा शनिबार न्युरोड टिम (एनआरटी)को सामना गर्नेछ ।
भिडियो
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video
यो पालि Title जोगाउन चुनाैति छ ll Head Coach ll Kumar Rai ll Karnali Yashvis