काठमाडौं । आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले ले एन्फा महिला लिग छनोटमा सोमबार एफसी रियलैविरुद्ध ४-० को एकतर्फी जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलमा १२ अंक जोडेको आरएस समूह ‘ए’ को दोस्रो स्थानमा छ । आरएस मुख्य प्रतियोगिताका लागि छनोट हुने सम्भावना बलिया बनेको छ ।
पाँचौं खेलमा पराजित रियले विना अंक पुछारमा छ । यो समूहमा एक खेल कम खेलेको चर्च ब्वाइज युनाइडेड १२ अंकका साथ शीर्षस्थानमा छ ।
च्यासलमा मैदानमा आरएसलाई जित दिलाउन विपना परियार, इशा चौधरी, उषा शाही र तुलसी शाहीले गोल गरे ।
खेलको १०औं मिनेटमा विपनाको गोलमार्फत आरएसले अग्रता लिएको थियो । ७४औं मिनेटमा उषाले टोलीको अग्रता दोब्बर बनाए ।
उषाले ८६ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन् । त्यसको एक मिनेटपछि नै तुलसीले गोल गर्दा आरएसले ४-० को सानदारजित जित निकाल्यो ।
सोमबारै सम्पन्न खेलमा नेपाल खेलकुद क्लब र लम्कि फुटबल एन्ड ट्रेनिङ सेन्टरले गोलरहित बराबरी खेले ।